बुटवल,माघ ५ ।
उजिरसिह रनिङ एकदिवसिय क्रिकेट प्रतियोगिता २०७८ अन्तरगत मंगलबार भएको पहिलो सेमीफाईनल खेलमा विजयी हुदै बाउन्नकला क्रिकेट एकेडेमी फाईनलमा प्रवेश गरेको छ ।
बुटवल क्रिकेट विकास समितिको आयोजना तथा बुटवल उपमहानगरपालिका, नगर खेलकुद विकास समिति र रुपन्देही क्रिकेट संघको सहयोगमा जारी प्रतियोगितामा बाउन्नकलाले बुटवल ११ क्रिकेट क्लबलाई २ बिकेटले पराजित गरेको हो । टस जितेर ब्याटिङ रोज्दै मैदान प्रवेश गरेको बुटवल ११ का ब्याट्सम्यान २७.४ ओभरमा सबै बिकेट गुमाएर ८२ रनको लक्ष्य खडा गरेको थियो । यसका लागि सबिन शाक्यले २३ रनबाहेक अन्य ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन ।
मौसम ढकालले ५ र विष्णु कटौरियाले ३ विकेट लिएका थिए । बाउन्नकलाका ब्याट्सम्यानहरु २६.२ ओभरमा ८ विकेटको नोक्सानीमा लक्ष्य भेटायो । बाउन्नकलाको जितमा महेश रानाले २५ तथा बिकल क्षेत्रीले १६ रन बनाएका थिए । बुटवलका ११ का अन्तिम थापाले २ तथा लाल बहादुर अधिकारीले ३ बिकेट लिएका थिए ।
खेलमा बाउन्नकलाका मौसम ढकाल म्यान अफ दि म्याचबाट पुरस्कृत भए । दोस्रो सेमीफाईनल खेलमा महाबिर क्रिकेट क्लबले बेष्ट्रन क्रिकेट एकेडेमीको सामना गर्ने समितिका सचिव पुनित पोखरेलले बताए । प्रतियोगितामा बेष्ट्रन क्रिकेट क्लब, बेष्ट्रन क्रिकेट एकेडेमी, बुटवल युथ स्र्पोटस क्लब, जिआर क्रिकेट एकेडेमी, न्यु होराईजन क्रिकेट क्लब, महाबिर क्रिकेट क्लब, बुटवल राईनोज क्रिकेट क्लब, बाउन्न कला क्रिकेट एकेडेमी, गोलर्पाक क्रिकेट क्लब र बुटवल ११ क्रिकेट क्लब गरि १० टिमले भाग लिएका छन ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)