Logo बिहिवार, आश्विन १ गते २०८३
images

देशभरका नृत्य निर्देशकहरू रूपन्देहीमा,५ दिने राष्ट्रिय कार्यशाला सुरु

देशभरका नृत्य निर्देशकहरू रूपन्देहीमा,५ दिने राष्ट्रिय कार्यशाला सुरु

  • 2.8K
    SHARES

  • देशभरका नृत्य निर्देशकहरू रूपन्देहीमा,५ दिने राष्ट्रिय कार्यशाला सुरु

    बुटवल,माघ ४ ।

    रुपन्देहीको तिलोत्तमामा ५ दिने राष्ट्रिय नृत्य निर्देशक कार्यशाला सुरु भएको छ । 

    नेपालका विभिन्न ठाउँ तथा जातजातिमा रहेका मौतिक तथा लोपउन्मुख कला सँस्कृतिको जगेर्नाका लागि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना र नृत्यकर्मी संघ रुपन्देही व्यवस्थापनमा कार्यशालाको आयोजना गरिएको हो ।

    देशका ७ वटै प्रदेशबाट कम्तिमा ३ जना नृत्यकर्मीको छनोट गरि उक्त क्षेत्रका लोकसाँस्कृतिक नाचका बारेमा कार्यपत्र प्रस्तुत हुनुका साथै कला आदानप्रदान गरिने नृत्यकर्मी संघ रुपन्देहीका अध्यक्ष अनु रजकले नागरिक अनलाइनलाइ जानकारी दिए।

    कार्यशालामा लुम्बिनीबाट लोकनाँचको खोज अनुसन्धान गरि बड्की नाच, झुमडा र झर्रा नाच बारे कार्यपत्र प्रस्तुत हुनुका साथै त्यसबारे कला आदानप्रदान गरिने आयोजकले जनाएको छ  ।

    लुम्बिनीबाट अनु रजक, मुकेश गुरुङ र पुनम थापाले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।  लोकनाचको खोज अनुसन्धान गरि बड्की नाच, झुमडा र झर्रा नाच बारे कार्यपत्र प्रस्तुत हुनुका साथै त्यसबारे कला आदानप्रदान गरिने आयोजकले जनाएको छ। लुम्बिनी पदेशबाट अनु रजक, मुकेश गुरुङ र पुनम थापाले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

    कार्यशालामा प्रदेश १ बाट नगेन्द्र राई र ओम प्रकाश बस्नेतले शाकेला, स्यादरपिदार, दोकेनीनाच, झुमरिया, हुधुर्दुरा तथा सामाचखेवा नाच बारे कार्यपत्र प्रस्तुत गरेका छन् । यसैगरी बागमतिबाट अष्टमात्रीका, धिमे, घिन्ताङ खिसी, राजा–रानी तथा कार्तिक नाच बारे कार्यपत्र प्रस्तुत भएको छ । सुरेन्द्र देशार, मोहन तलेजु र श्वजन रघुबंशीले उक्त नाच बारे कार्यपत्रसहित सहभागिहरुलाई जानकारी गराएका छन् । गण्डगी प्रदेशबाट प्रज्ञा प्रतिष्ठानका उपकुलपति गम बहादुर गुरुङ, प्राज्ञ सदस्यहरु राज बहादुर  गुरुङ र गोरे गुरुङले त्यस क्षेत्रका लोकनृत्यहर घाटु, छाडु र पुटपुटे नाच बारे जानकारी गराएका छन् ।

    कर्णाली प्रदेशबाट कुलमान नेपालीको नेतृत्वमा सहभागी समूहले सिंगारु र पैस्यारु नाच बारे जानकारी गराउने छन् । यस्तैगरी सुदुरपश्चिमको हुड्केउली र छलिया नाच बारे कार्यशालामा छलफल तथा जानकारी गराइने भएको छ । लोक सँस्कृतिहरु बारे छलफल गरि संरक्षणका लागि एकले अर्कालाई सिकाउने गरि आयोजित कार्यशालामा वरिष्ठ चलचित्र नृत्य निर्देशक कमल राई,  खोज अनुसन्धानकर्ता  रोचक गापा तथा प्रतिभा पुनले सहजिकरण गर्ने भएका छन् ।

    लुम्बिनी प्रदेश कानून, महिला बालबालिका जेष्ठनागरिक तथा सँस्कृति मन्त्री रमा घर्तिले कला सँस्कृत तथा परम्पराको संरक्षण र प्रवर्द्धनमा कार्यक्रमले टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।

    कला संस्कृतिको संरक्षणसँगै प्रचारप्रसार र पुस्तान्तरण आवश्यक रहेको उल्लेख गरिन् । यसगरी तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेले कला सँस्कृति बारेको जानकारी एक–आपसमा आदानप्रदान गरि नेपाली मौलिकता बचाइराख्न सकिने उल्लेख गरे । उद्घाटन कार्यक्रम नृत्यकर्मी संघ रुपन्देहीका सुदिप ढकालको सञ्चालन तथा नृत्य विभाग प्रमुख नमुना शर्माको अध्यक्षतामा भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology