Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राष्ट्रियसभा सदस्य निर्वाचन :लुम्बिनीमा गठबन्धनका उम्मेदवारद्वारा जित सुनिश्चित भएको दावी ( लाईभ भिडिओ)

राष्ट्रियसभा सदस्य निर्वाचन :लुम्बिनीमा गठबन्धनका उम्मेदवारद्वारा जित सुनिश्चित भएको दावी ( लाईभ भिडिओ)

  • 4.2K
    SHARES

  • राष्ट्रियसभा सदस्य निर्वाचन :लुम्बिनीमा गठबन्धनका उम्मेदवारद्वारा जित सुनिश्चित भएको दावी ( लाईभ भिडिओ)

    बुटवल, माघ ३ ।

    सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेद्वारले जित सुनिश्चित भएको बताएका छन । लुुम्बिनी प्रदेशमा माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेद्वारहरुले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि आफूहरुको जित निश्चित भएको दावी गरेका हुन ।

    लोकतन्त्र, संविधानको रक्षा, राजनीतिक स्थीरताका लागि कानुनी र संबैधानिक रक्षाका लागि गठबन्धन बनेको बताउँदै राष्ट्रियसभामा गठबन्धनका उम्मेद्वारले अंकगणितका हिसाबले पनि सहजै जित निकाल्ने उम्मेद्वारहरुको भनाई छ । राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनबाट बाँकेका नेपाली कांग्रेसका युवराज शर्मा, पाल्पाबाट नेकपा (एकिकृत समाजवादी)का राजेन्द्र लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाबाट तुल प्रसाद विश्वकर्मा (राजेश) चुनावी मैदानमा उत्रेका छन ।

    पत्रकार सम्मेलनमा गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका तीनै जनाले आफूहरुले जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाएका छन । काँग्रेसबाट उम्मेद्वार भएका शर्माले विपिबाट प्रभावित भएर २०३० सालमा काँग्रेस बाँकेको सचिव भएर राजनीति शुरु गरेको बताए । पाल्पाकी राजेन्द्रलक्ष्मी गैरैले २०३६ सालदेखि राजनीतिमा लागेर अहिले पार्टीले आफ्नो योगदानको मूूल्यांकन गरेको बताईन ।

    अर्का उम्मेद्वार राष्ट्रिय जनमोर्चाका तुलबहादुर विश्वकर्माले आफूूले राजनीति मार्फत समाजमा रहेका विभेद र सामाजिक न्याय स्थापित गर्न लागि परेको बताउँदै आफ्नो उम्मेद्वारी त्यसैका लागि भएको बताए । तीनै जना उम्मेद्वारले गठबन्धनका सबै दलमा रहेकाहरुबाट मत पाउने आशा राखे । उक्त अवसरमा नेकपा एकिकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष मेटमणी चौधरीले आफूहरुसँग एक हजार भन्दा बढि मत अन्तर रहेकाले सजिलै जित्ने बताए । उनले १५ सय मतअन्तरले जीत्ने दावी गरे । उनले एमालेको भोट समेत आफूहरुले तान्ने दावी गरे ।

    पत्रकार सम्मेलनमा गठबन्धनका तर्फबाट काँग्रेस लुम्बिनीका अध्यक्ष अमरसिंह पुन, नेकपा माओवादी केन्द्रका नेता सुदर्शन बराल, नेकपा एकिकृत समाजवादी लुम्बिनीका अध्यक्ष मेटमणि चौधरी, जनता समाजवादी पार्टी नेपाल लुम्बिनीका अध्यक्ष अशोक कुमार यादब, राष्ट्रिय जनमोर्चाका अध्यक्ष बोमबहादुर खत्रिले प्रेस विज्ञप्ति मार्फत प्रदेशसभा सदस्य, पालिकाका प्रमुख उपप्रमुखहरुलाई मत दिएर गठबन्धनलाई जिताउन अपिल गरेका छन । 

    २ सय ९६ मतदाता :

    3 jana.jpg

    लुम्बिनीमा रिक्त ३ पदका लागि माघ १२ गते दाङमा निर्वाचन हुनेछ । यहाँ प्रदेशसभाका ८१ र पालिकाका प्रमुख उपप्रमुख २१५ जना गरि २ सय ९६ जना कुल मतदाता छन । यसमध्ये लुम्बिनीमा सत्तारुढ गठबन्धनको कुल मतभार ४ हजार २ सय ९० देखिन्छ भने एमालेको कुल मतभार ३ हजार ३ सय १२ मतभार देखिन्छ ।

    गठबन्धनका उम्मेद्वारहरुले चुनावी प्रचारमा :

    गठबन्धनद्धारा जिल्ला भ्रमण पाँच दलीय गठबन्धनका उम्मेद्वारहरुले चुनावी प्रचार र भेटघाट शुरु गरेका छन । बुटवलमा पत्रकार सम्मेलन गरेर गठबन्धनका उम्मेद्वारहरुले जिल्ला भ्रमण र भेटघाटको कार्यक्रम समेत सार्वजनिक गरेको छ । सोमबार बुुटवलमा पत्रकार सम्मेलन गरेर टोली पाल्पा पुुगेको छ ।

    मंगलबार गुुल्मीको तम्घास, अर्घाखाँचीमा भेटघाट गर्ने कार्यतालिका गठबन्धनले बनाएको छ । त्यस्तै गरि माघ ५ गते रोल्पा, ६गते दाङको घोराही, ६ र ७ गते बर्दिया, ७ गते बाँके, ७ गते नै दाङको भालुवाङ, ८ गते कपिलबस्तुको चन्द्रौटा, रुपन्देहीको बुटवल र ९ गते नवलपरासीमा भेटघाट तथा चुनावी प्रचार कार्यक्रम राखिएको गठबन्धनले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology