Logo बिहिवार, आश्विन १ गते २०८३
images

अर्घाखाँचीका सबै स्थानीय तह जित्ने गरी लाग्न कांग्रेस सचेतक निर्मला क्षेत्रीको आग्रह

अर्घाखाँचीका सबै स्थानीय तह जित्ने गरी लाग्न कांग्रेस सचेतक निर्मला क्षेत्रीको आग्रह

  • 2.1K
    SHARES

  • अर्घाखाँचीका सबै स्थानीय तह जित्ने गरी लाग्न कांग्रेस सचेतक निर्मला क्षेत्रीको आग्रह

    अर्घाखाँची, माघ २ ।

    नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशकी सचेतक निर्मला क्षेत्रीले अर्घाखाँचीका सबै स्थानीय तह जित्ने गरी तयारीमा लाग्न आग्रह गर्नुभएको छ ।अर्घाखाँची पाणिनी गाउपालिका ४ पटौटी निवासी नेपाली काङ्ग्रेस प्रदेश ख का प्रतिनिधि तथा पूर्व गाविस अध्यक्ष नारायणहरि घिमिरे तथा शिक्षक संघका नेता घनश्याम घिमिरेका पिता भिमार्जुन घिमिरको ९२ वर्षको उमेरमा निधन भएको ७ औ दिनको पुन्यतिथीको अवसरमा बोल्दै नेपाली काङ्ग्रसले गरेका विकास निर्माणको बारेमा आम नागरिकलाई जानकारी गराउदै संगठन विस्तासमा लाग्न जोड दिनुभयो ।

    उहाँले सरकारले छिट्टै स्थानीय तहको निर्वाचनको मिति तोक्ने बताउनुभयाे । नेपाली काङ्ग्रस पाणिनी वडा समिति ४ ले  आयोजना गरेको शोक सभामा बोल्दै नेपाली काङ्ग्रेस संदीय दल को सचेतक क्षेत्रीले काङ्गेस जनताको भरोसाको पार्टी भएले मुलुकमा आउने हरेक संकटको समधान गर्ने पार्टी नेपाली काग्रेस मात्र भएको दाबी गर्नुभयो ।

    उहाँले आउने स्थानीय, प्रदेश र संघीय निर्वाचनमा नेपाली काङ्ग्रेस शक्तिसाली पार्टी रुपमा प्रस्तुत हुने ठकुवा गर्नुभयो । जनताको आशा र भरोसाको पार्टी काङ्ग्रेस भएको हुदाँ अन्य पार्टीबाट काङ्ग्रेसमा प्रवेश गर्ने लहर बढेको छ ।

    शोक सभामा नेपाली काङ्ग्रेसको प्रदेश सदस्य गिता घिमिरे काङ्ग्रेस जिल्ला उपसभापति विष्णु भुसाल, जिल्ला सचिव अच्युत गौतम महाधिवेसन प्रतिनिधि तथा शितगंगा नगरपालिका प्रमुख सूर्य अधिकारी, महाधिवेशन प्रतिनिधि श्यामनाथ काश्यप, अम्विका पोखरेल जिल्ला सदस्य विष्णु पौडेल पाणिनी गाउपालिकाका सभापति तुल्सी पौडेल, अर्घाखाँची रुपन्देही सम्पर्क समाजका सचिव विनोद घिमिरे लगायतले उत्त शोक सभामा मन्तव्य राख्दै घिमिरेको निधनले सिंगो पार्टी नै शोक स्तब्ध भएको बताए ।

    शोक सभामा पाणिनी गाँउपालिका वडा नं ४ को सभापति धर्मराज घिमिरेको सभापतित्व र कृष्ण गैरेको सञ्चानत्वमा सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology