Logo मंगलवार, श्रावण १२ गते २०८३
images

असोज २५ गते आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने नेपाल चिकित्सक संघकाे निर्णय

असोज २५ गते आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने नेपाल चिकित्सक संघकाे निर्णय

  • 2.3K
    SHARES

  • असोज २५ गते आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने नेपाल चिकित्सक संघकाे निर्णय

    बुटवल,असोज २४-

    नेपाल चिकित्सक संघले असोज २५ गते आकस्मिक बाहेकका सबै सेवा बन्द गर्न निर्णय गरेको छ। उक्त दिन आकस्मिक र कोभिडबाहेकका सबै सेवा प्रवाह बहिष्कार गर्ने संघले निर्णय गरेको हो।

    २७ दिनयता अनसनरत डा. गोविन्द केसीका माग पूरा गर्न र उनको जीवनरक्षाको माग गर्दै आकस्मिक र कोभिडबाहेकका सेवा प्रवाहलाई बहिष्कार गर्ने निर्णय संघले गरेको विज्ञप्तिमार्फत जानकारी गराइएको छ। 

    यसअघि बिहीबार र शुक्रबार सरकार र डा केसीपक्षबीच वार्ता भएपछि शुक्रबारका लागि निर्धारित कार्यक्रम स्थगित गरिएको थियो।  letter.png

     

    डा केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको तर सरकारले अनसनको २७ दिन बित्दा पनि कुनै चासो व्यक्त नगरेको भन्दै संघले विरोधस्वरुप सेवा प्रवाह बिहिष्कार गर्न लागेको विज्ञप्तिमा उल्लेख छ। 

    डा केसीका माग पूरा गर्नभन्दा उनको अनसन तोडाउने पक्षमा सरकार छ। सरकारले शनिबार तेस्रोपटक अनसन स्थगित गर्न आग्रह गरेको छ। तर डा केसी आफ्ना माग पूरा नगरुन्जेल अनसन नतोड्ने अडानमा छन्। 

    त्रिवि शिक्षण अस्तपालमा अनसन जारी राखेका डा केसीको स्वास्थ्य अवस्था एकदमै कमजोर भएको र शरीरमा अक्सिजनको मात्रा घटेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology