Logo मंगलवार, श्रावण १२ गते २०८३
images

त्रिभुवन विश्वविद्यालयमा माघ १० गतेसम्म पठनपाठन बन्द

त्रिभुवन विश्वविद्यालयमा माघ १० गतेसम्म पठनपाठन बन्द

  • 1.7K
    SHARES

  • त्रिभुवन विश्वविद्यालयमा माघ १० गतेसम्म पठनपाठन बन्द

    बुटवल,माघ १ ।

    त्रिभुवन विश्वविद्यालयले माघ १० गतेसम्म पढाइ बन्द गरेको छ । कोरोना भाइरसको सङक्रमण बढेको भन्दै त्रिविले विश्वविद्यालय अन्तर्गतका सबै विभाग र आंगिक क्याम्पसलाई माघ १० गतेसम्म बिदा दिने निर्णय गरेको हो ।

    विभाग र आंगिक क्याम्पसले हिउँदे वा वर्षे बिदाबाट कट्टा गर्ने गरी माघ १० गतेसम्म बिदा दिने निर्णय भएको विश्वविद्यालयले जनाएको छ ।  विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयले सूचना निकालेर अहिले चलिरहेको परीक्षा भने यथावत् सञ्चालन हुने जनाएको छ । परीक्षा केन्द्रहरुमा स्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न आग्रह गरिएको छ ।  

    निकटमै परीक्षा हुने विषय तथा कार्यक्रममा पठनपाठन आवश्यक भएमा अनलाइन माध्यमबाट गराउन भनिएको छ । माघ १० पछि भने पालिकासँग समन्वय गरी विद्यार्थीको भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्न सकिने भए सञ्चालन गर्ने र नसक्ने भएमा अनलाइन माध्यमबाट पठन पाठन गराउन भनिएको छ ।

    यस्तै त्रिभुवन विश्वविद्यालयमा कार्यरत कुनै शिक्षक, कर्मचारीलाई कोरोना भाइरसको सङक्रमण भएमा १० दिन बिदा पाउने भएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology