Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भिजन लुम्बिनी लिमिटेडको छैठौं बार्षिक साधारणसभा सम्पन्न

भिजन लुम्बिनी लिमिटेडको छैठौं बार्षिक साधारणसभा सम्पन्न

  • 4.1K
    SHARES

  • भिजन लुम्बिनी लिमिटेडको छैठौं बार्षिक साधारणसभा सम्पन्न

    बुटवल,पुस ३० ।

    भिजन लुम्बिनी लिमिटेडको छैठौं बार्षिक साधारणसभा रुपन्देहीमा सम्पन्न भएको छ ।

    संस्थाका अध्यक्ष जगतबहादुर पोखरेलकोअध्यक्षतामा भएको कार्यक्रममा  सञ्चालक कुलबहादुर केसी,यातायात संयोजक तथा सञ्चालक केशवराज पन्थी, इन्भेस्टमेन्ट कम्पनी संयोजक तथा सञ्चालक गोपाल बश्याल,कुलमणि ज्ञवाली, इ. लेखनाथ पाण्डे,गोपाल भुषाल, इ.गोबिन्द लामिछाने, रमा पौडेल , बद्रीनाथ पाण्डे, लक्ष्मण ज्ञवाली, चुडामणि डुम्रे,गणेश कुमार श्रेष्ठ , भिजन लुम्बिनी उर्जा कम्पनी सचिव मीन प्रसाद ढकाल,रबिन पाेखरेल, ​लगायतले बोलेका थिए । 

    सो अबसरमा अध्यक्ष पोखरेलले संस्थाले उल्लेख्य प्रगति गरेकाे भन्दै बहुक्षेत्रमा लगानी गरिएको बताए । उनले समाज रूपान्तरणका लागि सधैव क्रियाशील रहेको संस्थालाइ सहि पृष्ठपाेषण दिन अपील गरे। 

    साधारणसभामा सिए दिवाकर गिरीको आर्थिक प्रतिवेदन पास भएको छ । सामूहिक समृद्धिका लागि सामूहिक लगानीको मूल उद्धेश्यका साथ बुटवलबाट स्थापित भिजन लुम्बिनीले शिक्षा,पर्यटन,कृषि,अर्थ, संचार,स्वास्थ्य,उर्जा,बित्त,यातायात लगायतका क्षेत्रमा समेत लगानी गरिरहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology