बुटवल,पुस ३० ।
बुटवलमा भएको दोस्रो मेयर कप फिडे रेटिंङ चेस प्रतियोगितामा काठमाडौंका रुपेश जैसवाल उत्कृष्ट भएका छन् ।
हेटौडाका निशान्त श्रेष्ठ दोश्रो तथा भोजपुरका सुमन राइ तितृय भएका छन् । भने दोलखाका आशिष फुयाल चौथो र बुटवलका शिखर रेग्मीले पांचौं स्थान हासिल गरेका छन् ।उनीहरुलाइ बुटवल उपमहानगरपालिका वडा न ९ का वडाध्यक्ष बिष्णु थापाले पुरस्कार बितरण गरे ।
प्रतियोगितामा क्रमश २५ हजार,१५ हजार र १० हजार पुरस्कार दिइएको छ भने बिभिन्न बिधाका १८ जनालाई पुरस्कार दिइएको हो ।सो अबसरमा बोल्दै थापाले खेलले मानिसको चौतर्फी बिकास गर्ने बताए । प्रतियोगितामा नेपाल भरका १२ जिल्लाका ७० खेलाडीको सहभागिता रहेको र १८ जनजालाइ पुरस्कार दिइएको कार्यक्रम संयोजक तथा बुटवल ९ का वडा सदस्य बिजय गुरुङले बताए ।
बुटवल वडा नं ९ र विश्वशान्ती युवा क्लबको सहकार्यमा प्रतियोगिता भएको हो । स्कोलर्स होममा भएको प्रतियोगितामा वडा न ९ का जनप्रतिनिधि शिबबहादुर अधिकारी,नेपाल बुद्धिचाल संघका सचिब धरम बहादुर लामा लगायतले बोलेका थिए ।नगर खेलकुद बिकास समिति अध्यक्ष नन्दु काउचा,कार्यपालिका सदस्य बिमला श्रेष्ठ लगायतले बोलेका थिए ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुलनाराका साथ बुटवल वडा नं ९ र विश्वशान्ती युवा क्लबको सहकार्यमा प्रतियोगिता भएको हो । खेलका लागि बुटवल उपमहानगरपालिका र वडा न ९ ले १–१ लाख तथा अन्य सहयोगीले आर्थिक सहयोग गरेका थिए ।
प्रतियोगिता ३ दिनसम्म संचालन भएको थियो । प्रतियोगिता संचालनका लागि ४ लाख ७५ हजार खर्च अनुमान भएको आयोजकको भनाइ छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)