बुटवल,पुस ३०।
गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तेस्राे साधारण सभा तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ । समाजका अध्यक्ष हुमनाथ ज्ञवालीको अध्यक्षता तथा जेष्ठ नागरिक जग्ननाथ पौडेलको प्रमुख आतिथ्यमा कार्यकम भएको हाे ।
साे अवसरमा अध्यक्ष ज्ञवालीले आगामी वर्षमा समाजको कार्यक्षेत्र विस्तार गर्ने र थप योजना सहित अघि बढ्ने बताए । उनले वर्षभरि गुल्मी चारपाला रुपन्देहीले गुल्मी र रुपन्देही दुवै जिल्लामा सेवामुलक सामाजिक काम गरेको भन्दै निरन्तर यस्ता कार्य गरिरहने जानकारी दिए । त्यस्तै, आय व्ययको प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष काजीमान टण्डनले सदस्य र सल्लाहकारहरुको संकलनबाट जम्मा ७ लाख ६४ हजार ८१३ हाल सम्म बैँक खातामा रहेको बताए । सोहि अबसरमा आजिवन सदस्यलाई प्रमाण पत्र वितरण गरिएको छ ।
वनभोजको अवसरमा चम्चा दौड, बेलुन फुटाउने रेस र चियर रेस तथा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको वनभोज कार्यक्रम संयोजक काजीमान टण्डनले बताए । चम्चा दौडमा अञ्जल मगर प्रथम भएकी थिईन भने बिहान महोत्रा द्धितीय पुरस्कार प्राप्त गरे ।त्यस्तै, बेलुन फुटाउने खेलमा चिन्ता शिव बस्नेत प्रथम भएको खेल संयोजक ढबल बहादुर कार्कीले जनाए । त्यस्तै, चियर रेस प्रतियोगितामा दिपा कुवर प्रथम र मनु खत्री दृतिय भएको बताए ।
कार्यक्रममा समाजका सल्लाहकार अधिबक्ता गोकर्ण सिह थापा , गोबिन्द अर्याल, सावित्रा टण्डन, हिरा अर्याल, लक्ष्मण अर्याल, धर्मबीर खत्री, टिकाराम पन्थी लगायतको उपस्थिती थियो । यसैगरी समाजका आजीबन सदस्य सहित ३ सय जनाको सहभागिता रहेको कार्यक्रम सफल बनाउन विदेशमा रहेका समाजका सदस्यहरु विमल कार्की बिजुलीबाट २ हजार ५ सय रुपैयां, समाजका उपाध्यक्ष उषा खत्रीले स्वागत गरेकी थिइन् भने सचिव विकास टण्डनले कार्यक्रम संचालन गरेका थिए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)