बुटवल,पुस २८।
एमाले जिल्ला अधिवेशनको नतिजा आउने क्रम जारी रहेको छ। अधिकाशं स्थानमा अहिलेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ भने कतिपय स्थानमा प्रतिस्पर्धाका माध्यमबाट नेतृत्व चयन भएको छ। मंगलबार पनि कतिपय जिल्लाहरुमा नेतृत्व चयनका लागि चुनावी प्रतिस्पर्धा भइरहेको छ।
देशका ६३ जिल्लामा शुक्रबारबाट सुरु भएको अधिवेशनमध्ये अहिलेसम्म परिणाम आएका अधिकांश जिल्लामा सहमतिमा नै नेतृत्व चयन भएको छ। मंगलबार रातिसम्म ५४ जिल्ला र दुई गैरभौगोलिक तर्फको नेतृत्व टुंगिएको हो। पछिल्लो पटक जाजरकोट, स्याङ्जा, बाजुरा, दार्चुला र प्युठानले अध्यक्ष पाएको छ ।
नेकपा एमालेका अनुसार अध्यक्ष चयनका भएका कतिपय जिल्लामा अन्य पदमा चुनावी प्रतिस्पर्धासमेत भइरहेको छ। स्वस्थ्य प्रतिस्पर्धाका माध्यमबाट नेतृत्व चयन गर्न भनेपनि कतिपय ठाउँमा प्यानल नै बनाएर निर्वाचन भइरहेको छ। सिन्धुपाल्चोक र चितवन जिल्लाको अधिवेशन उद्घाटन भएर पनि बन्दसत्र सुरू भएको छैन ।
पुस २३ गते उद्घाटन भएको जिल्ला अधिवेशन अन्तर्गत विभिन्न जिल्लामा नेतृत्व चयन भइरहेको हाे ।
यी हुन अहिलेसम्म निर्वाचित अध्यक्षहरुः
प्रदेश १:
१. झापा – दीपक कार्की
२. मोरङ – ऋषिकेश पोखरेल
३. खोटाङ – रामप्रसाद दंगाल
४. धनकुटा – इन्द्रमणि पराजुली
५. तेह्रथुम – तेजमान कन्दङवा
६. पाँचथर – राजकुमार भण्डारी
७. भोजपुर –शरण राई
८. इलाम– महेश बस्नेत
९. सोलुखुम्बु– डुफकुमार बास्तोला
१०. उदयपुर– प्रमेश्वर घिमिरे
११. ओखलढुंगा–शंकर कटुवाल
१२. ताप्लेजुङ– भुपेन्द्र थेबे
प्रदेश २ :
१. सप्तरी – ताराकान्त चौधरी
२. सिरहा- बिन्देश्वर मण्डल
बागमती:
१. धादिङ – भूमि त्रिपाठी
२. काभ्रेपलाञ्चोक – अशोक ब्यान्जू
३. भक्तपुर – बचन देउजा
४. रसुवा – कर्णेल तामाङ
५. रामेछाप – आनन्दकुमार श्रेष्ठ
६. नुवाकोट – बद्री मैनाली
७. मकवानपुर – एकलाल श्रेष्ठ
८. काठमाडौं – दीपक निरौला
९. ललितपुर – पुरुषोतम आचार्य
१०. सिन्धुली– कुमारबहादुर कार्की
११. दोलखाः नरबहादुर श्रेष्ठ
गण्डकी:
१. गोरखा – प्रेम गुरुङ
२. तनहुँ – श्रीप्रसाद श्रेष्ठ
३. म्याग्दी – देवेन्द्र केसी
४. लमजुङ – कृष्णप्रसाद अधिकारी
५. बागलुङ– हिराबहादुर केसी
६. पर्वत–राजु पौडेल
७. नवलपुर–मुक्ती पाण्डे
८. स्याङ्जा – सूर्य प्रसाद गैरे
लुम्बिनी:
१. पाल्पा – धनेन्द्रराज घिमिरे
२. गुल्मी – बालकृष्ण काउछा मगर
३. अर्घाखाँची – पिताम्बर भुसाल
४. बाँके – किस्मत कुमार कक्षपती
५. बर्दिया – लालबहादुर श्रेष्ठ
६. दाङ – हुकुमबहादुर बस्नेत
७. रुपन्देही – तेजेन्द्र केसी
८. कपिलवस्तु – डम्मर शर्मा
९. नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी
१०. प्युठान–बिजयविराज विष्ट
कर्णाली:
१. डोल्पा – शेरबहादुर बुढा
२. सल्यान – गोविन्द पुन मगर
३. जुम्ला – शान्तिलाल महत
४. रुकुम– नन्दराम देवकोटा
५ जाजरकोट – खिमबहादुर शाही
सुदूरपश्चिम :
१. डडेल्धुरा – प्रकाश साउद
२. बैतडी– सुरेन्द्र पाल
३. डोटी–चक्र मल्ल
४. कैलाली– रतन थापा
५. दार्चुला- प्रेमसिंह धामी
६. बाजुरा- कालीबहादुर शाही
गैरभौगोलिक :
१. मजदूर विशेष – जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेष – उमेश ढकाल
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)