Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कोरोना महामारी : थप २४४४ जनामा कोरोना संक्रमण पुष्टि

कोरोना महामारी : थप २४४४ जनामा कोरोना संक्रमण पुष्टि

  • 2.3K
    SHARES

  • कोरोना महामारी : थप २४४४ जनामा कोरोना संक्रमण पुष्टि

    बुटवल,पुस २७।

    देशभर थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    १४ हजार ३३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८१ तथा एन्टिजेन विधिबाट ४६३ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार ५२२ पुगेको छ ।

    यही अवधिमा थप ३१३ जना निको पनि भएका छन् । हालसम्म देशमा कूल सङ्क्रमितमध्ये ८ लाख १४ हजार ७९८ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ ।

    हालसम्म देशमा ११ हजार ६०७ जनाले ज्यान गुमाइसकेका छन् ।

    corona.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology