Logo मंगलवार, श्रावण १२ गते २०८३
images

स्वास्थ्य मापदण्ड पालना गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन

स्वास्थ्य मापदण्ड पालना गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन

  • 2.3K
    SHARES

  • स्वास्थ्य मापदण्ड पालना गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन

    बुटवल,पुस २७।

    नेपाल राष्ट्र बैंकले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। सर्कुलर सूचना जारी गर्दै राष्ट्र बैंकले कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्ने मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको हो।

    नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूूनीकरण गर्न आवश्यक उपाय अवलम्बन गर्ने, सेवाग्राहीको भीडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्न निर्देशन दिएको हो।

    बैंक तथा वित्तीय संस्थाद्वारा सञ्चालित एटीएम बुथबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राखी स्यानिटाइजरलगायत सामग्रीको व्यवस्था गर्ने तथा बैंक तथा वित्तीय संस्थाबाट सञ्चालन गरिने बैठक, गोष्ठी, सेमिनार,तालिमजस्ता कार्यक्रममा भौतिक दूरी सुनिश्चित गर्ने वा यस्ता कार्यक्रम सकभर भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology