बुटवल,पुस २६ ।
बुटवल उपमहानगरपालिका वडा न ९ को आयोजनामा मेयर कप खुल्ला रेटिङ चेस प्रतियोगिता हुने भएको छ । देशभरबाट करिब ८० बिद्यार्थी खेलाडी सहभागि हुने प्रतियोगिता पुस २८ गते शुरु हुने बुटवल ९ का वडाध्यक्ष बिष्णु थापाले बताए ।
३ दिन संचालन हुने प्रतियोगिताको तयारी तीब्र पारिएको कार्यक्रम संयोजक तथा बुटवल ९ का वडा सदस्य बिजय गुरुङले बताए।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुलनाराका साथ बुटवल वडा नं ९ र विश्वशान्ती युवा क्लबको सहकार्यमा प्रतियोगिता हुन लागेको उनले बताए । प्रतियोगिता संचालनका लागि ४ लाख ७५ हजार खर्च अनुमान गरिएको छ ।
प्रतियोगितामा क्रमश २५ हजार,१५ हजार र १० हजार पुरस्कार राखिएको उनले बताए । प्रतियोगिता स्कोलर्स होममा गरिने र बुटवल उपमहानगरका मेयर शिबराज सुबेदीबाट उद्घाटन हुनेछ । खेलमा १८ जनालाई पुरस्कार दिईने छ ।
खेलका लागि बुटवल उपमहानगरपालिका र वडा न ९ ले १-१ लाख तथा अन्य सहयोगीले आर्थिक सहयोग गरेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)