Logo बिहिवार, आश्विन १ गते २०८३
images

माघ १५ गतेसम्म सबै विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय,पूर्वनिर्धारित परिक्षा नराेकिने !

माघ १५ गतेसम्म सबै विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय,पूर्वनिर्धारित परिक्षा नराेकिने !

  • 3.7K
    SHARES

  • माघ १५ गतेसम्म सबै विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय,पूर्वनिर्धारित परिक्षा नराेकिने !

    बुटवल,पुस २६ ।

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । हिजाेको सीसीएमसीको निर्णय कार्यान्वयनमा पठाउने मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयमा सोमबार बसेको बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले जानकारी दिए । 

    सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार पुस २७ देखि माघ १५ गतेसम्म विद्यालयहरु बन्द हुने छन् ।

    त्यस्तै विश्वविद्यालय शैक्षिक प्रतिष्ठानहरुको पूर्वनिर्धारित सेमेष्टर, वार्षिक परीक्षाका कार्यक्रमहरु जनस्वास्थ्य र सुरक्षाको मापदण्डहरु पूर्ण रुपमा पालना गर्न निर्देशन दिएको छ । जेड आकारमा विद्यार्थीको बसाइ व्यवस्था गरी परीक्षा सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ ।

    आइतवार बसेको सीसीएमसीको बैठकले कोरोनाको जोखिम बढेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।

    यी पनि हेराैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology