Logo मंगलवार, श्रावण १२ गते २०८३
images

काँग्रेस रुपन्देही क्षेत्र नं. २ (क) मा नवनिर्वाचित नेतृत्वलाई पद हस्तान्तरण

काँग्रेस रुपन्देही क्षेत्र नं. २ (क) मा नवनिर्वाचित नेतृत्वलाई पद हस्तान्तरण

  • 2.3K
    SHARES

  • काँग्रेस रुपन्देही क्षेत्र नं. २ (क) मा नवनिर्वाचित नेतृत्वलाई पद हस्तान्तरण

    बुटवल,पुस २५ ।

    नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ (क) मा नवनिर्वाचित नेतृत्वलाई पद हस्तान्तरण गरिएको छ । आईतबार बुटवलमा कार्यक्रमको आयोजना गरि पद हस्तान्तरण गरिएको हो । रुपन्देही २ (क) को सभापतिमा खड्गबहादुर महत निर्वाचित हुनुभएको थियो ।

    उहाँलाई निवर्तमान सभापति माधवलाल देवकोटाले पद हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले विधि र बपधानमा रहेर पार्टी गतिबिधि सञ्चालन गर्न आग्रह गर्नुभयो । पार्टी भित्र सुधार गर्नुपर्ने कुराहरु धेरै रहेको बताउंदै उहाले अधिकार प्राप्त भयो भन्दैमा जे मनलाइ नगर्न आग्रह गर्नुभयो । 

    उहाँले प्रदेश समितिले योजना बनाएर पार्टीलाई व्यवस्थित गरिने बताउनुभयो । प्रदेश समितिले प्रदेशका ५२ वटै प्रदेश निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने तयारी गरिएको बताउदै प्रदेश सभापति पुनले उहासंग समन्वय गरेर काम गर्ने वातावरण तयार गरिने जानकारी गराउनुभयो ।

    त्यसअवसरमा नवनिर्वाचित सभापति खड्गबहादुर महतले पार्टीमा सबैलाई मिलाएर विधि बिधान अनुसार अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    कार्यक्रममा रुपन्देही क्षेत्र नं. २ का क्षेत्रीय सभापति हरि लम्साल, बुटवल उपमहानगरपालिकाका सभापति खेलराज पाण्डेय, तिलोत्तमा नगर समितिका सभापति हरिलाल पाण्डे, बुटवल उपमहानगरपालिका वडा नं. ११ का सभापति जीतबहादुर मल्ल, तिलोत्तमा वडा नं. ३ की सभापति केशरी पाण्डे, निवर्तमान उपसभापति मुक्ति अधिकारी, राममाया पौडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology