Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपालमा पछिल्लो २४ घण्टामा थपिए १ हजार १६७ जना कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा थपिए १ हजार १६७ जना कोरोना संक्रमित

  • 2.3K
    SHARES

  • नेपालमा पछिल्लो २४ घण्टामा थपिए १ हजार १६७ जना कोरोना संक्रमित

    बुटवल,पुस २५ ।

    नेपालमा पछिल्लो २४ घण्टामा ११६७ जनामा कोरोना भाइरस कोभिड-१९ को संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ६१५ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना छन् ।

    मन्त्रालयकी प्रवक्ता संगीता मिश्राका अनुसार पीसीआर टेष्टमा औषतमा संक्रमणदर ९.५ प्रतिशत पुगेको छ ।

    आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ३० हजार ४ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६०४ पुगेको छ भने ८ लाख १४ हजार २३० जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७५५ जना रहेका छन् । जसमध्ये ६ हजार १२७ जना होम आइसोलेसनमा रहेका छन् भने ६२८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७७ जना आईसीयू र १६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    यस्तै १० वर्ष मुनिका २२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ७६ जना कोरोना संक्रमित थपिएका छन् ।

    रुपन्देहीमा ११ जनामा कोरोना संक्रमण पुष्टि :

    स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४९१, ललितपुरमा ९९, मोरङमा ५१, भक्तपुरमा २५, कास्कीमा २४ र रुपन्देहीमा ११ जनामा कोरोना जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology