Logo मंगलवार, श्रावण १२ गते २०८३
images

उजिरसिंह रनिङ्ग एकदिवसिय क्रिकेट प्रतियोगिता : बुटवल ११ को विजयी शुरुवात

उजिरसिंह रनिङ्ग एकदिवसिय क्रिकेट प्रतियोगिता : बुटवल ११ को विजयी शुरुवात

  • 1.8K
    SHARES

  • उजिरसिंह रनिङ्ग  एकदिवसिय क्रिकेट प्रतियोगिता : बुटवल ११ को विजयी शुरुवात

    बुटवल,पुस २५ ।

    उजिरसिंह रनिङ एकदिवसिय क्रिकेट प्रतियोगिता २०७८ शुरु भएको छ । युवा खेलाडीहरुलाई प्रोत्साहन गर्ने उदेश्यका साथ शनिबार एक समारोहका बिच बुटवल क्रिकेट विकास समितिका सदस्य गंगाराम सुनार र बुटवल क्रिकेट विकास समितिका अध्यक्ष नेत्र पौडेलले एम्पायरलाई बल हस्तान्तरण गरि खेल शुरुवात गरेका छन ।

    बुटवल क्रिकेट विकास समितिको आयोजना तथा बुटवल उपमहानगरपालिका, नगर खेलकुद विकास समिति रुपन्देही क्रिकेट संघको सहयोगमा बुटवल नरेश्वर क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा बुटवल ११ क्रिकेट क्लब विजयी भएको छ । बुटवल ११ ले बेष्ट्रन क्रिकेट क्लब देविनगरलाई ६० रनले पराजित गरेको हो ।

    टस जितेर बेष्ट्रनले फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको बुटवल ११ का ब्याट्म्यानहरुले १९.१ ओभरमा सबै बिकेट गुमाएर १ सय २० रनको लक्ष्य तयार गरेको थियो । उसका लागि हिमाल पुनले ४७ रनबाहेक अन्य ब्याट्सम्यानहरुले दोहोरो रन जोड्न सकेनन । बेष्ट्रनका शिव कुमालले ५ बिकेट र राम यादवले ४ विकेट लिएका थिए ।

    मध्यम लक्ष्य पछ्याएको वेष्ट्रनका रन्जित खड्काले ३० रनबबाहेक अन्य ब्याट्सम्यान क्रिजमा जम्न सकेनन । केवल २१.२ ओभरमा ६० रनमा सबै बिकेट गुमाएका थिए । बुटवलका अजय कुमार चौहानले ७ र एकलाख अहमदले २ बिकेट लिएका थिए । 
    अजय कुमार चौहान खेलमा म्याच अफ दी म्याचबाट पुरस्कृत भएका थिए ।  प्रतियोगिताको विजेता टिम नगद २० हजार रुपैया नगद, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुने छ भने उपविजेता टिमले १० हजार रुपैया नगद, कप, मेडल, प्रमाणपत्र तथा विद्यागत रुपमा उत्कृष्ट खेलाडीहरुलाइ समेत नगद र कपबाट पुरस्कृत गरिने छ ।

    आईतबार वेष्ट्रन क्रिकेट क्लब र बुटवल युथ क्लबका बिचमा खेल हुने खेल संयोजक राजु राना बताए । प्रतियोगितामा १० टिमले भाग लिएका छन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology