Logo बिहिवार, आश्विन १ गते २०८३
images

एमाले रूपन्देहीको अध्यक्षमा तेजेन्द्र केसी चयन

एमाले रूपन्देहीको अध्यक्षमा तेजेन्द्र केसी चयन

  • 1.8K
    SHARES

  • एमाले रूपन्देहीको अध्यक्षमा तेजेन्द्र केसी चयन

    बुटवल,पुस २४ ।

    नेकपा एमाले रूपन्देहीको अध्यक्षमा तेजेन्द्र केसी चयन भएका छन् । नवौं अधिवेशनको बन्दसत्रबाट तेजेन्द्र केसीको अध्यक्षतामा नयाँ नेतृत्व प्रस्ताव गरिएको हाे । शुक्रबारदेखि भैरहवामा जारी अधिवेशनले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने भन्दै अध्यक्ष मण्डललाई नाम प्रस्ताव गर्ने जिम्मेवारी दिएको थियो।

    सोही अनुरूप अध्यक्ष मण्डलका तर्फबाट केन्द्रीय सदस्य एवं निवर्तमान अध्यक्ष शिवराज सुवेदीको अध्यक्षतामा तेजेन्द्र केसीको नाम बन्दसत्र हलमा प्रस्ताव गरेका थिए।

    अध्यक्षमा उम्मेदवारी दिएका हालका उपाध्यक्ष पुरुषोत्तम घिमिरेले मतदानका लागि निर्धारित समयमा उम्मेदवारी फिर्ता लिएपछि केसी निर्विरोध अध्यक्ष बनेका हुन् ।

     यस्तै, उपाध्यक्षमा तिलोत्तमा नगरपालिकाको उपप्रमुख रहेकी जागेश्वरदेवी चौधरी निर्वाचित भएकी छन् । अध्यक्ष र सचिवबाहेकका पदमा एकल उम्मेदवारी परेको थियो ।

    सचिवमा खेमप्रसाद लुइँटेलले दिएको उम्मेदवारी फिर्ता लिएपछि यज्ञ गैरे चयन भएका छन् । घिमिरे र लुइटेल एमालेमा माधव नेपाल पक्षधर थिए । तर, पार्टी विभाजन हुँदा एमालेमै रहेका थिए । उपसचिवद्वयमा सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्की र हितराज पन्थी चयन भएका छन् । अधिवेशनले १५१ सदस्यीय रुपन्देही जिल्ला कमिटी बनाएको छ । अध्यक्षमा उम्मेदवारी दिएर फिर्ता लिएका घिमिरले आफूलेबिना सर्त उम्मेदवारी फिर्ता लिएको बताए ।

    आठौं जिल्ला अधिवेशनमा पनि अध्यक्षका दबेदार रहेका घिमिरेलाई तत्कालीन उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, जिल्ला इन्चार्ज लिला गिरीले नवौं अधिवेशनमा अध्यक्ष बनाउने गरी शिवराज सुवेदीलाई अध्यक्ष बनाएका थिए । नेताहरूले आफ्नो प्रतिवद्धता पूरा नगरी केसीलाई अध्यक्ष बनाएपछि घिमिरेले एमालेमा रहेर न्याय नपाउने अनुभूति भएको प्रतिक्रिया दिए ।

    जिल्ला अधिवेशनको बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष जिल्ला अध्यक्ष शिवराज सुवेदीले केसीलाई अध्यक्ष प्रस्ताव गरेका थिए । त्यसमा असहमति जनाउंदै घिमिरेले उम्मेदवारी दर्ता गरेका थिए ।

    एमालेको विधान अनुसार रूपन्देहीमा १ सय ५१ सदस्यीय जिल्ला कमिटी गठन गर्ने प्रावधान छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology