बुटवल,पुस २४ ।
गुल्मी जुनियां चिदीपानी तराइ सम्पर्क समाजको सातौं साधारणसभा सम्पन्न भएको छ । रुपन्देहीको तिलोत्तमामा शनिबार साधारणसभा तथा जेष्ठ नागरिक सम्मान भएको हो ।
समाजका अध्यक्ष खडकबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा समाजका सल्लाहकार डा ढकबहादुर खत्रीले समाजले सामाजिक काम गरिरहेकोमा खुसी जनाए । उनले रुपन्देही र गुल्मीलाइ जोड्नेगरि समाज सक्रिय रहनुपर्ने समेत धारणा राखे । समाजका अध्यक्ष खडक बहादुर शाहीले आफुहरुको स्थापना कालदेखि नै समाज रुपान्तरणका लागि सकेको काम गरिरहेको बताए ।
उनले सबैको साझा सहकार्यबाट नै समाजलाइ यहांसम्म ल्याउन सकिएको भन्दै सधैभर सहयोग र सहकार्य रहिरहनुपर्ने बताए । कार्यक्रममा संरक्ष रुपसिंह थापा,बरिष्ठ उपाध्यक्ष कृष्ण थापा,सचिब दिलमाया खत्री,बिष्णु शाही,क्याप्टेन होमबहादुर सेन,कोषाध्यक्ष नविन गलामी लगायतले बोल्दै समाजलाइ पहिचान सहित स्थापित गर्नुपर्ने बताएका थिए ।
सो अबसरमा ७० बर्षभन्दा माथिका ६ जना जेष्ठ नागरिक सम्मान दोसल्ला,मायाको चिनोले गरिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)