Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल लन टेनिस कम्प्लेक्सकाे बिवाद टुगिपछि खुल्यो ताला

बुटवल लन टेनिस कम्प्लेक्सकाे बिवाद टुगिपछि खुल्यो ताला

  • 3.2K
    SHARES

  • बुटवल लन टेनिस कम्प्लेक्सकाे बिवाद टुगिपछि खुल्यो ताला

    बुटवल,असोज २३ -

    बुटवल लन टेनिस कम्प्लेक्समा श्रमिकको ज्याला र निर्माण सामग्रीको विषयलाई लिएर उत्पन्न भएको विवाद समाधान भएको छ ।

    भदौ २९ गते देखि बन्द रहेको कोर्टको ताला लन टेनिस खेलमैदान निर्माण उपभोक्ता समिति र लन टेनिस संघको संयुक्त पहलमा निर्माण सामग्री र श्रमिकको ज्याला भुक्तानी गरिएसंगै समाधान भएको समितिका अध्यक्ष केश बहादुर थापाले बताए ।

    निर्माणमा १७ लाख तिर्नुपर्नेमा रकममध्ये नगद १० लाख दिने र बाकि ७ लाख सहयोग गर्ने सहमति भएको समितिका कोषाध्यक्ष अर्जुन गुरुङले बताए । उपभोक्ता समिति र संघको पहलमा विवाद समाधान भएको उनले बताए ।

    ‘हामीले पहल गरेर केही संस्थाहरु र दाताहरुबाट छुट मिलेको छ ।’– उनले भने । उपभोक्ता समितिबाट २ लाख र  नया कार्यसमितिका सदस्य तथा खेलाडीहरुबाट करीब ८ लाख रुपैया उठाएर तिरेको उनले बताए ।

    तिर्नुपर्ने मध्ये सहारा ईन्जिनियरिङले ३ लाख ३३ हजार हजार, रामकुमार चौधरीले ७५ हजार, एलबी ईट्टाले १ लाख, सिद्धार्थ ईट्टाले १ लाख, सुभाष मार्वलले ३८ हजार, गंगाजमुना सप्लायर्सले २३ हजार, डिके सप्लायर्सले १५ हजार, केएस सप्लायर्स १३ हजार, राजकुमार भट्टराई ५ हजार, कालिका डिजल्स ३२ हजार, निर्मल निर्माण सेवाले ५५ हजार, पुर्णानन्द गिरिले १२ हजार ५ सय, कमल ट्रेनिङ १५ हजार गरि ७ लाख ११ हजार ५ सय रुपैया संघलाई सहयोग गर्ने सहमती भएको उनले बताए । 

    तालाबन्दी गरेका सहारा ईन्जिनियरिङका सन्तोष कुवरले विवाद समाधान भएको बताए । खेलकुद क्षेत्र भएकाले आफुहरु लिनुपर्नेमध्ये ३ लाख ३३ हजार रुपैया बराबार सहयोग गरेको उनले बताए ।

    विस २०७५ सालमा ९५ लाख १३ हजार रुपैया खर्च भएको कोर्टमा नेपाल सरकार राष्ट्रिय खेलकुद परिषदबाट ७४ लाख १८ हजार प्राप्त भएको थियो भने स्थानिय खेलाडीहरुबाट ४ लाख ७५ हजार ६ सय ६२ रुपैया बराबर श्रमदान भएको थियो । 

    नगर खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समितिको पहल तथा स्थानिय समाजसेवीहरुको पटकपटक पहलमा पनि विवाद समाधान हुन सकेको थिएन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology