Logo बिहिवार, आश्विन १ गते २०८३
images

लोकबाणी सामाजिक उद्यमी सहकारीको चौथो बार्षिक साधारणसभा सम्पन्न

लोकबाणी सामाजिक उद्यमी सहकारीको चौथो बार्षिक साधारणसभा सम्पन्न

  • 2.6K
    SHARES

  • लोकबाणी सामाजिक उद्यमी सहकारीको चौथो बार्षिक साधारणसभा सम्पन्न

    बुटवल,पुस २४। 

    लोकबाणी सामाजिक उद्यमी सहकारी संस्था लिमिटेड बुटवल ७ को चौथो बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    सहकारीका अध्यक्ष राधा ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघका उपाध्यक्ष डोलप्रसाद अर्यालले सहकारीलाइ उत्पादनमुखी बनाउनुपर्ने बताए ।

    उनले सहकारीले बचत र ऋण लगानीमात्रै नगरेर उत्पादनका लागि सक्रियता देखाउनपर्ने बताए । सो अबसरमा बोल्दै अध्यक्ष राधा ज्ञवालीले सहकारीलाइ समयसापेक्ष बनाइने बताइन् ।

    कार्यक्रममा कांग्रेस वडासभापति दिनानाथ गिरि,कल्याणकारी सहकारीका सचिब कृष्णप्रसाद ज्ञवाली, कल्याणकारी सहकारीका अध्यक्ष लक्ष्मण आचार्य,समाजसेवी युवराज गिरि,लक्ष्मण क्षेत्री ,रामप्रसाद खनाल ,उपाध्यक्ष कलावती गिरी,सचिब केशरी भण्डारी ,शेयर सदस्य हिरा पाण्डे लगायतले बोलेका थिए ।

    सो अबसरमा कोषाध्यक्ष उमा गिरिको आर्थिक प्रतिबेदन पारित भएको ब्यबस्थापक बबिता पाण्डे जानकारी दिइन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology