बुटवल,पुस २४।
स्थापना दिवसको अवसरमा प्याव्सन बुटवलले सुस्तमनस्थिति वालविद्यामन्दिर बुटवलमा सहयोग गरेको छ ।
नीजि तथा आवासिय विद्यालय अर्गनाईजेसन प्याव्सन बुटवल नगर समितिले बुटवल उपमहानगरपालिका वडा नं ७ मा रहेको उक्त विद्यालयलाई पिउने पानीको लागि फिल्टर, स्टेसनरी तथा खेलकुदका सामाग्रि प्रदान गरेको हो ।
प्याव्सनको एक्तिसौं स्थापना दिवसको अवसरमा शुक्रबार नगर अध्यक्ष कुलानन्द पाण्डेको नेतृत्वमा गएको टोलीले विद्यालयका अध्यक्ष लोकनाथ भुसाललाई उक्त सामग्रि हस्तान्तरण गरिएको हो ।
त्यस अवसरमा प्याव्सनका केन्द्रीय प्राज्ञिक सल्लाहकार लोकनाथ उपाध्याय, केन्द्रीय सदस्य टिकाराम न्यौपान, प्रदेश अध्यक्ष लालहरी पाण्डे, रुपन्देहीका उपाध्यक्ष कुलराज शर्मा लगायतले भनाई राख्नुभएको थियो । कार्यक्रम नगर उपाध्यक्ष मित्रहरी आचार्यको स्वागत तथा सचिव रामकृष्ण खनालको सञ्चालनमा भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)