बुटवल,पुस २४।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएको छ ।
केही दिनदेखि अस्वस्थ भएका प्रचण्डको शुक्रबार साँझ पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको उनको निजी सचिवालयले जनाएको छ । सचिवालयका अनुसार कोरोना संक्रम भए पनि उनको अवस्था सामान्य रहेको छ । प्रचण्डले निजी निवासमै आराम गरिरहेका छन् ।
डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको सचिवालयले जनाएको छ । यो बीचमा सम्पर्कमा आएका व्यक्तिहरूलाई सतर्कता अपनाउनसमेत अनुरोध सचिवालयले गरेको छ ।
अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यमा केहि असहजता देखिएकोले हिजो बेलुकी PCR परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ। उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको र स्वास्थ्य अवस्था सामान्य छ। यो बीचमा उहाँको सम्पर्कमा रहनु भएका सबैले सतर्कता अपनाउनुहुन अनुरोध गर्दछौं। डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पुर्ण कार्यक्रमहरु स्थगित गरिएको जानकारी गरॉउदछौं।धन्यबाद !!
-निजी सचिवालय
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)