बुटवल,पुस २४।
जागरण मिडिया सेन्टरको २२ औं साधारण सभा बिहिबार काठमाडौमा सम्पन्न भएको छ । संस्थााका अध्यक्ष कमला विश्वकर्माको अध्यक्षतामा भएको साधारण सभाले बिभिन्न ७ बुदे निर्णय पनि पारित गरेको छ ।
संस्थाका महासचिव भीम बहादुर घिमिरेले आर्थिक वर्ष २०७७-०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका कोषाध्यक्ष शुशिल दर्नालले आर्थिक वर्ष २०७७-०७८ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको छ । उहाँले यस आर्थिक वर्षमा कुलआय ९२ लाख १६ हजार ५ सय ३७ रुपैया रहेको जानकारी गराउनु भएको थियो ।
जस मध्ये दातृ संस्थाहरुबाट ९० लाख ८३ हजार ५ सय २३ रुपैया र आन्तरिक कोष तर्फ १ लाख ३३ हजार १४ रुपैया रहेको बताउनु भयो । त्यस्तै आर्थिक वर्ष २०७७-०७८ खर्च तर्फ ७७ लाख ९८ हजार ४ सय ७० रुपैया ९८ पैसा रहेको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
साधारण सभामा बोल्ने वक्ताहरुले जागरण मिडियाले दलित तथा सीमान्तकृत समुदायको अधिकारका लागि मिडिया पैरवी गर्दै आएको कामको प्रशंसा गर्दै आगामि दिनमा अझै शशक्त भएर काम गर्न र काम गर्ने क्षेत्र अझै फराकिलो बनाउदै लैजानु पर्ने सुझाव दिएका थिए ।
साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष कमला विश्वकर्माले संस्थालाई यहाँ सम्म ल्याउन सबैको सहयोगले सम्भव भएको बताउदै सहयागि सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)