बुटवल,पुस २४।
ईलाका प्रशासन कार्यालय बुटवलमा गएराति १०:३० बजे तालाबन्दी गरिएको छ । प्रशासन कार्यालयमा मतदाता नामावली भराउन लागि राति ११ बजेसम्म खाेलेको भन्दै एमाले कार्यकर्ताले तालाबन्दी गरेका हुन् ।
ईलाका प्रशासन कार्यालय मध्यरातसम्म खोलेर ‘अवैध काम’ भएको भन्दै एमाले कार्यकताले तालाबन्दी गरेका हुन् । गृह प्रशासनको आडमा मध्यरातसम्म कार्यालय खोलेर नेपाली काँग्रेस निकटका नेताहरुले आफ्ना कार्यकताहरुलाई मतदाता नामावली भराउने काम गरेपछि तालाबन्दी गरिएको नेकपा एमाले रुपन्देहीले जनाएको छ ।
कार्यालयभित्र प्रहरी प्रशासनको निगरानीमा नियमविपरीत मध्यरातमा मतादाता नामावली भराउने कार्य निन्दनीय र सत्ताको चरम दुरुपयोग भएको अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष नेता यम पाण्डेले बताए ।
राति १०:३० बजेसम्म पनि बाक्लो सुरक्षाकाबीच मतदाता संकलन हुनुलाई षड्यन्त्रका रुपमा लिइएको उनले बताए ।
नेपाली काँग्रेसले भने मताधिकार रक्षाका लागि मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न विहानैदेखि कार्यालय परिसरमा लाइनमा लागको र कार्यालयले मतदातालाइ फेरि दुख दिनुभन्दा अबेरसम्म भएपनि कार्यालय खोलेर सेवा दिनु उचित काम नै भएको दाबी गरेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)