Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने प्रयास असफल :विष्णु पौडेल

कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने प्रयास असफल :विष्णु पौडेल

  • 2.7K
    SHARES

  • कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने प्रयास असफल  :विष्णु पौडेल

    बुटवल,पुस २३ । 

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले एमालेलाई एकल्याउने र कमजोर पार्ने षडयन्त्र सफल हुन नदिने दावी गरेका छन् ।

    उनले पार्टीलाई विभाजित गरेर कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने प्रयास असफल भएको बताए ।एमाले रुपन्देहीको ९ औं जिल्ला अधिवेशनलाई शुक्रबार भैरहवामा सम्बोधन गर्दै नेता पौडेलले धेरै नेता कार्यकर्ता आबद्ध भएको पार्टी एमाले भएको बताए ।पूर्व उपप्रधान तथा अर्थमन्त्री समेत रहेका नेता पौडेलले विभिन्न प्राविधिक कारणले एमाले प्रतिपक्षमा रहे पनि जनताको साथमा एमाले रहेको बताए । पार्टीप्रति गर्व गरी अझ यसलाई शक्तिशाली र बलियो बनाउनुपर्ने उनको भनाइ थियो ।

    रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका पौडेलले एमाले र एमालेको जीवनमा यतिबेला धेरै ठूलो संकट आएको बताए । उनले परिवर्तनको संवाहक शक्तिको रुपमा एमालेले आफूलाई स्थापित गरेको बताए ।एमालेका सचिव, लुम्बिनी प्रदेशका इञ्चार्ज तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले एमाले पुनः जिम्मेवारीमा आउने दावी गरे ।

    उनले आम जनताले पार्टीप्रति गरेको विश्वासलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिए ।पार्टीका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले आजको कम्युनिष्ट पार्टीको ठूलो चुनौती भनेकै दलाल पुंजीवादबाट बच्नु भएको बताए । उनले यसबाट बच्न सके क्रान्ति सफल हुने बताए ।shiva subedi.jpg

    एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीको अध्यक्षता, उपाध्यक्ष पुरुषोत्तम घिमिरेको स्वागत तथा सचिव जगेश्वरीदेवी चौधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १ हजार बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य गुणाखर भुसालले बताए 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology