बुटवल, पुस २३।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिकतर्फको परीक्षाफल प्रकाशित गरेको छ। बोर्डले असोज ११ देखि १८ गतेसम्म सञ्चालन भएको उक्त परीक्षाको नजिता विहीबार प्रकाशित गरेको हो ।
परीक्षामा २४ हजार ७२४ जना विद्यार्थी सहभागी भएका थिए। जसमा दुई हजार २९९ जना विद्यार्थी उत्तीर्ण भएका छन्।परिक्षामा सहभागी झण्डै ८० प्रतिशत विद्यार्थी पास भएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)