Logo बिहिवार, आश्विन १ गते २०८३
images

मन्त्री आलेको आक्रोश : आइतबार १२ बजेभित्र नारायणहिटी भित्रको संरचना नहटाए आफै पुगेर भत्काइदिन्छु

मन्त्री आलेको आक्रोश : आइतबार १२ बजेभित्र नारायणहिटी भित्रको संरचना नहटाए आफै पुगेर भत्काइदिन्छु

  • 1.5K
    SHARES

  • मन्त्री आलेको आक्रोश : आइतबार १२ बजेभित्र नारायणहिटी भित्रको संरचना नहटाए आफै पुगेर भत्काइदिन्छु

    काठमाडौं ,पुस २३ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नारायणहिटी संग्रहालय भित्रको निर्माणधीन रेष्टुरेन्ट आइतबार १२ बजेभित्र नहटाए आफू आँफैले हटाउने चेतावनी दिएका छन् ।

    मन्त्री आलेले निर्माणधीन रेष्टुरेन्ट हटाउन ३ दिनको म्याद दिँदै उक्त समयसीमा भित्र हटाइसक्न निर्देशन दिएका हुन् । उनले बतास गर्ननाइजेसनलाई भनेका छन्, ‘तीन दिनभित्र संग्राहलयभित्र संरचनाहरु हटाउन हटाउनुस्। यदि आइतबार १२ बजेभित्र हटाउनु भएन भने म आफैं पुगेर हटाउनेछु।’

    केपी ओली नेतृत्वको सरकारले नारायणहिटी भित्र रेष्टुरेन्ट संचालन गर्न अनुमतिसहित अत्याधिक सस्तो मूल्यमा जग्गा प्रदान गरेको थियो । उक्त स्थानमा रेरष्टुरेन्ट संचालनका लागि भवन तथा संरचना निर्माण गर्न बतास गर्ननाइजेसनले ठेक्का पाएको थियो ।

    संग्रहालयमा रेष्टुरेन्ट संचालन गर्नु गलत भएको भन्दै मन्त्री आलेले यसअघि पनि बताएका थिए । सो बारे अध्यायन गर्न बिहीबार मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति नै गठन भइसकेको छ ।

    उक्त छानविन टोलीले दिनभित्र सबै डकुमेन्टहरुको अध्यययन गरी सुझाव दिन निर्देशन दिइएको छ । उनले संग्राहलयभित्र एक पटक मात्रै होइन सँधैका लागि रेष्टुरेन्ट संचालन गर्न नदिने बताएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology