Logo बिहिवार, आश्विन १ गते २०८३
images

पछिल्लो २४ घण्टामा थप ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

  • 2.5K
    SHARES

  • पछिल्लो २४ घण्टामा थप ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    बुटवल,पुस २१ ।

    पछिल्लो २४ घण्टामा नेपालमा थप ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७१५ जनाको पीसीआर परीक्षणमा ३७० जना र ३ हजार ५५२ एन्टिजेन परीक्षण गर्दा ६५ जना गरी ४३५ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २३९ रहेको छ भने कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन । बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २६ हजार ३८५ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६०१ पुगेको छ भने ८ लाख १३ हजार १७६ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२५ जना रहेका छन् । जसमध्ये ४ हजार ८५२ जना होम आइसोलेसनमा रहेका छन् भने ३७३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ८४ जना आईसीयू र १४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    यस्तै काठमाडौं उपत्यकामा थप २५३ जना कोरोना संक्रमित थपिएका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology