Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपाली कांग्रेस १४ औं महाधिवेशन : १६ जिल्लाको अधिवेशन फेरि सर्यो

नेपाली कांग्रेस १४ औं महाधिवेशन : १६ जिल्लाको अधिवेशन फेरि सर्यो

  • 2.6K
    SHARES

  • नेपाली कांग्रेस १४ औं महाधिवेशन : १६ जिल्लाको अधिवेशन फेरि सर्यो

    बुटवल,पुस २१ । 

    नेपाली कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको अधिवेशन फेरि सारेको छ। यही पुस २७ गते जिल्ला अधिवेशन गर्ने भने पनि आज बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले माघ १५ गतेका लागि जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो।

    निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचन पछि मात्रै जिल्ला अधिवेशन गर्ने निर्णय भएको छ।राष्ट्रिय सभामा रिक्त १९ सदस्यका लागि माघ १२ मा निर्वाचन हुँदैछ।

    कांग्रेसले प्रदेश नम्बर २ का ८ जिल्ला, बागमतीका मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, गण्डकीको नवलपुर, लुम्बिनीको बाँके र सुदूरपश्चिमको कैलाली र अछाममा जिल्ला अधिवेशन गर्न बाँकी छ।

    हेर्नुस् विज्ञप्ति :-

    265101899_301986861720766_2498495165011069045_n.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology