Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राष्ट्रियसभा सदस्य : लुम्बिनी प्रदेशमा ६ जनाले मनोनयन दर्ता गरे

राष्ट्रियसभा सदस्य : लुम्बिनी प्रदेशमा ६ जनाले मनोनयन दर्ता गरे

  • 2.5K
    SHARES

  • राष्ट्रियसभा सदस्य  : लुम्बिनी प्रदेशमा ६ जनाले मनोनयन दर्ता गरे

    बुटवल,पुस २० ।

    राष्ट्रिय सभा रिक्त सदस्य पदको निर्वाचनका लागि लुम्बिनी प्रदेशमा ६ जनाले मनोनयन दर्ता गरेका छन् ।मंगलबार दाङको घोराहीस्थित प्रदेश निर्वाचन कार्यालयमा  पुगेर सत्तारुढ दलले मिलेर मनोनयन दर्ता गराएका हुन भने प्रमुख प्रतिपक्षी नेकपा एमालेले एकल रुपमा उम्मेदवारी दर्ता गरेको छ ।

    माघ १२ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी) बाट पाल्पाकी राज्य लक्ष्मी गैरे  र राष्ट्रिय जनमोर्चा (राजमो) को तर्फबाट  रुपन्देहीका तुलबहादुर विश्वकर्माले मंगलबार मनोनयन दर्ता गरेका हुन । सत्तारुढ गठबन्धनले राष्ट्रिय सभामा पनि मिलेरै मनोनयन दर्ता गराएका छन् ।

    त्यस्तै नेकपा एमालेबाट दाङ घोराहीका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनारले मनोनयन दर्ता गराएका छन् ।मनोनयन दर्ता गराउन जाँदा सत्तारुढ दलहरुले घोराहीस्थित नेपाली काँग्रेसको पार्टी कार्यालयबाट जुलुससहित संयुक्त रुपमा गएका थिए ।

    त्यस्तै एमालेका नेताहरुपनि दलबल र ब्यानरसहित मनोनयन दर्ताका लागि निर्वाचन कार्यालय पुगेका थिए ।जिल्लादेखि प्रदेशका नेता, मन्त्रीहरु तथा स्थानीय पालिकाका प्रमुखहरु समेत मनोनयन दर्ता कार्यक्रममा गएका थिए ।

    uml.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology