Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बसभित्रै १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेर ‘बेहोस अवस्था’मा छाड्ने झापाका एक जना पक्राउ

बसभित्रै १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेर ‘बेहोस अवस्था’मा छाड्ने झापाका एक जना पक्राउ

  • 3.0K
    SHARES

  • बसभित्रै १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेर ‘बेहोस अवस्था’मा छाड्ने झापाका एक जना पक्राउ

    काठमाडौं ,असोज २३ ।

    भक्तपुरको भक्तपुर नगरपालिका–८ कालाँचामा १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेर ‘बेहोस अवस्था’मा छाड्ने थप एक जनालाई प्रहरीले पक्रेको छ ।

    झापा भद्रपुरका दिपेश राईलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी दिपक थापाले बताए ।  महानगरीय प्रहरी वृत्त जगाती र महाशाखाको टोलीले झापा प्रहरीसँगको समन्वयमा २२ वर्षीया राईलाई भद्रपुरबाट पक्रेर भक्तपुरमा ल्याएको हो । 

    असोज १७ मा ३ जना युवाले किशोरीलाई सामूहिक बलात्कार गरेका थिए । बलात्कृत किशोरीलाई प्रहरीले रत्नपार्क–भक्तपुर रुटमा चल्ने बा३ ख २६१२ नम्बरको बसबाट बेहोस अवस्थामा उद्धार गरेको थियो ।

    बलात्कारमा संलग्न दुईजनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । यसअघि पक्राउ गरिएकामा सिन्धुपाल्चोक साँगाचोकगढी–१० घर  भएका २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका–४ घर भएका सुर्य श्रेष्ठ छन् ।

    दिपेश सो गाडीका सह–चालक हुन् । आरोपीहरुले किशोरीलाई रत्नपार्कबाट भक्तपुर लगेर बलात्कार गरेका थिए । लठ्याउने औषधी खुवाएर बलात्कार गरेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ ।

     किशोरीलाई दिपेशले रातभर बलात्कार गरेपछि भोलिपल्ट निरकुमार र सुर्यलाई किशोरी जिम्मा लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । किशोरीलाई लठ्याउने औषधी खुवाइएको थियो । किशोरी बेहोस अवस्थामा देखेर अन्य गाडीका स्टाफले प्रहरीलाई सूचना दिएपछि घटना बाहिरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology