बुटवल,पुस १९ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा आज अर्घाखाँची आउँदैछन् । उनी महामन्त्री निर्वाचित भएपछि पहिलोपटक अर्घाखाँची आउन लागेका हुन् ।
पाणिनी गाउँपालिकाको दुर्गाफाँटमा हुने बृहत कार्यकर्ताभेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नको लागि उनी आउने भएपछि आम कार्यकर्ताहरु हौसिएका छन् ।
महामन्त्री थापा आउने भएपछि कार्यकर्तामा उत्साह समेत छाएको छ । करिब १० हजार कार्यकर्ताहरु उक्त कार्यक्रममा उपस्थिती हुने काँग्रेस पाणिनी गाउँपालिका सभापति तुल्सिराम पौडेलले नागरिक अनलाइनलाइ बताए ।
उनी ११ बजे नै हेलीकोप्टर मार्फत अर्घाखाँचीका आउने छन् । आमसभालाई सम्बोधन गर्न कांग्रेस नेताहरु पुष्पा भुसाल, सञ्जय गौतम, गोविन्दराज पोख्रेल लगायतका नेताहरु आउने कार्यक्रम तय भएको कांग्रेसका युवा नेता बिनोद घिमिरेले नागरिक अनलाइनलाई जानकारी दिए ।
कार्यक्रम गर्ने दुर्गाफाँटमा लगभग तयारी पूरा भएको छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)