Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको तीन सदस्यका लागि निर्वाचन हुने,२९६ मतदाता

लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको तीन सदस्यका लागि निर्वाचन हुने,२९६ मतदाता

  • 1.6K
    SHARES

  • लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको तीन सदस्यका लागि निर्वाचन हुने,२९६ मतदाता

    बुटवल,पुस १९ ।

    लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको तीन सदस्यका लागि निर्वाचन हुने भएको छ। राष्ट्रियसभाको चार वर्षको पदावधि पूरा भएका सदस्यको खाली हुने स्थानमा निर्वाचन हुन लागेको हो।

    त्यसका दाङको घोराइमा प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख निमराज भट्टराईले जानकारी दिए।

    निर्वाचन आयोगले माघ १२ गते राष्ट्रियसभा सदस्यको निर्वाचन गर्ने मिति तोकेको छ। लुम्बिनी प्रदेशसभाका सदस्य ८१ र १२ वटै जिल्लाका स्थानीय तहका प्रमुख-उपप्रमुखसहित २१५ जना गरी २९६ मतदाताले मतदान गर्ने भएका छन् ।

    लुम्बिनीबाट महिलामा कोमल वली,अन्यमा दृगनारायण पाण्डेय र दलितमा रामलखन चमारको रिक्त स्थानमा निर्वाचन हुन लागेको उनको भनाइ थियो।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology