Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पाल्पा लघुवा बस दुर्घटना अपडेट : बीरबहादुरको शव जलाउन हिँडेका थिए मलामी !

पाल्पा लघुवा बस दुर्घटना अपडेट : बीरबहादुरको शव जलाउन हिँडेका थिए मलामी !

  • 4.0K
    SHARES

  • पाल्पा लघुवा बस दुर्घटना अपडेट : बीरबहादुरको शव जलाउन हिँडेका थिए मलामी !

    बुटवल,पुस १८ । 

    पाल्पाको रिब्दिकोट २ लगुवामा भएको बस दुर्घटनामा मृतकमध्ये केहिको पहिचान खुलेको छ ।  बुटवलबाट मलामी बोकेर रिडी जांदै गरेको बस लगुवामा दुर्घटना हुँदा मृत्यु भएका ७ जनामध्ये तीनजनाको सनाखत भएको हो ।  घाइतेहरुको अबस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ ।

    बुटवल ११ बुद्धनगरका बीरबहादुर विकको शवको अन्त्येष्टिका लागि ३५ जना मलामी बोकेको लु २ ख ७२७९ नम्बरको बस लगुवामा आइतबार बिहान १०:३० बजेतिर दुर्घटनामा परेको थियो ।  मृतक विक परिवार अर्घाखांचीको मरेङबाट केहिबर्ष अघि बुटवलमा बसाई सराइ गरेका थिए । उनीहरुले बुटवल बुद्धनगरमा पसल समेत चलाएका थिए ।

    दुर्घटनामा परी मृत्यु भएकामध्ये बुटवल बुद्धनगरका लालबहादुर विक, पशुपति रसाइली र विजय थापा क्षेत्रीको खनाखत भएको घटनास्थलमै रहेका डिएसपी रामेश्वर त्वातीले नागरिक अनलाइनलाइ बताए ।

    बीरबहादुरका छोरा लालबहादुरको पनि मृत्यु भएको छ । दुर्घटनामा घाइतेमध्ये गम्भीर घाइते १३ जनामध्ये केहीको मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । मलामी गएकाहरु अधिकांश अर्घाखाँची मालारानी २ का  हुन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology