Logo बिहिवार, आश्विन १ गते २०८३
images

शव बोकेर रिडी जाँदै गरेको बस पाल्पा लघुवामा दुर्घटना,७ जनाको घटनास्थलमै मृत्यु (भिडियोसहित)

शव बोकेर रिडी जाँदै गरेको बस पाल्पा लघुवामा दुर्घटना,७ जनाको घटनास्थलमै मृत्यु (भिडियोसहित)

  • 27.9K
    SHARES

  • शव बोकेर रिडी जाँदै गरेको बस पाल्पा लघुवामा दुर्घटना,७ जनाको घटनास्थलमै मृत्यु (भिडियोसहित)

    बुटवल,पुस १८ ।  

    बुटवलबाट शव लिएर गुल्मीकाे रिडी जाँदै गरेको बस पाल्पाकाे रिब्दिकोट २  लघुवामा दुर्घटनाग्रस्त भएकाे छ । लु२ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएकाे र ८ जना घाइते भएको हार्थोक प्रहरीले जनाएको छ।

    अहिले घटनास्थलमा प्रहरी पुगेकाे छ । उद्धार कार्य जारी रहेकाे हार्थाेक प्रहरी चाैकीका असई बिष्णु रेग्मीले नागरिक अनलाइनलाइ जानकारी दिए । बसमा ३५ जना मलामी रहेको बताइएको छ । 

    साे शव कहाँको र कस्को हाे भन्ने खुल्न सकेको छैन । मृतकको सनाखत हुन पनि बाँकी रहेको प्रहरीले जनाएको छ ।

    ‘बस सडकबाट २ सय मिटर तल खसेको छ, क्रेनको सहायताले मात्रै बसलाइ निकाल्न सकिन्छ,मैले सुनेको अनुसार शव अर्घाखाँचीतिरको हाे भनिएको छ ।’-घटनास्थलमै रहेका डिएसपी रामेश्वर त्वातीले नागरिक अनलाइनलाइ भने ।

    घाइतेहरूको पाल्पा मिसन अस्पताल र प्रभावसमा रहेको लुम्बिनी मेडिकल कलेजमा उपचार शुरू भएको छ ।

    वीरबहादुर विश्वकर्माको शब बाेकेर दाहसंस्कारमा हिडेको थियो मलामी सहितको बस :

    बुटवल रानीगञ्जका ७० वर्षीय वीरबहादुर विश्वकर्माको शव दाहसंस्कारका लागि बस मलामी बाेकेर रिडी हिडेँको थियो ।आफ्ना बुबाको शव अन्तेष्टीका लागि बुटवल रानीगञ्ज बस्दै आएका बिशाल बिक (गहतराज) र पशुपति बिक मलामी सहित कालिगण्डकी रिडी जादैँ गरेको खुलेको हाे  ।

    accident-palpa-bus.jpg

    यी खबरहरु पनि हेराैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कपिल ज्ञवाली

    डेढ दशकदेखि बुटवलमा रहेर पत्रकारितामा सक्रिय ज्ञवाली नागरिक अनलाइन डटकमका संस्थापक र चिफ एडिटर हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology