Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा सञ्चालित ब्यापार मेलाको आज एघाराैँ दिन,पशुपति शर्माले धमाका गर्दै

बुटवलमा सञ्चालित ब्यापार मेलाको आज एघाराैँ दिन,पशुपति शर्माले धमाका गर्दै

  • 2.5K
    SHARES

  • बुटवलमा सञ्चालित ब्यापार मेलाको आज एघाराैँ  दिन,पशुपति शर्माले धमाका गर्दै

    बुटवल,पुस १८ । 

    बुटवलमा सञ्चालित चौथो औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला एघाराैँ दिनमा पुगेको छ । आज पशुपति शर्मा लगायतका कलाकारले दर्शक नचाँउदै छन्।

    आज चर्चित लोकदोहोरी गायक पशुपति शर्मा, भाइरल बाल गायक सचिन परियार, आधुनिक गायिका सहिमा श्रेष्ठ, शान्तिरानी परियार, गायक मनोजसिंह धामी, सन्जय सौगात,प्रेम न्याैपाने, नारायण बीपी परियार, ओशियन अटो डान्स आइडलका प्रतियोगीको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम संयोजक यमलाल मरासिनीले बताए ।

    दशौं दिन शनिबार दर्शकको अत्याधिक चाप बढेको हाे । शनिबार मात्रै एक लाख बढीले मेला अवलोकन गरेका मेला आयोजक उद्योग ब्यापार संघ बुटवलले जनाएको छ ।

    स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण नाराका साथ पुस ८ गतेदेखि सञ्चालित मेलाको दशौं दिन शनिबार हालसम्मकै धेरै दर्शक आएको मेला संयोजक एवं संघका अध्यक्ष गोबिन्दराज गैरेले बताए ।

    mela butwal.jpg

    शनिबार सार्वजनिक विदा र मेला सकिन २ दिन मात्र बांकी भएकाले दर्शकको चाप बढेको अध्यक्ष गैरेले बताए । दर्शकको चाप थेग्न नसकेपछि केही घण्टा टिकट विक्रि स्थगित र टिकट घर बाहेक ठाउँठाउँमा गाडीबाट समेत टिकट विक्रि गर्नुपरेको संघका महासचिव पदम जीसीले नागरिक अनलाइनलाइ बताए । उनले १२ करोड हाराहारीमा काराेबार भएको बताए ।

    शनिबार मेलाका स्टल, होटेल–रेष्टुरेन्ट र बाल उद्यानमा उत्साहजनक ब्यापार भएको र स्टलधनीहरु सन्तुष्ट भएको संघका वाणिज्य उपाध्यक्ष लोकनाथ पन्थीले बताए । मेलामा  ४ सय ७० स्टल छन् ।

    शनिबार मेलामा गायक एवं मोडेल दुर्गेश थापा,कुशल बेल्बासे,रबिना बसेल, रामचन्द्र चन्द, योगराज पोखरेल,सीता राना,प्रेम न्याैपाने, विधान कार्की र मोडेल चांदनी सिलियाको प्रस्तुति रहेको सांस्कृतिक कार्यक्रम सह-संयोजक दिपु मगरले नागरिक अनलाइनलाइ बताए ।

    बुटवल देवीनगर रंगशालामा आयोजित ब्यापार मेला पुस २० गतेसम्म चल्ने छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology