बुटवल,पुस १७ ।
अमर बुद्ध आमा समुह बुटवल वडा ६ ले बुटवल १३ मा रहेको रूपन्देही दृष्टिबिहिन संरक्षण केन्द्रमा खाद्यान्न सहयोग गरेको छ । समुहले केन्द्रमा रहेका १७ जना दृष्टिबिहिनलाइ चामल २५ बोरा ,तेल ३ कार्टुन, च्युरा, स्वीटर,नुन, चाउचाउ, चिनी,चियापत्ति लगायतका सामग्रीहरु हस्तान्तरण गरेको हो ।
संरक्षण केन्द्रमा शनिबार एक समारोहका बिचमा ४० हजार बराबरको सामानहरु हस्तान्तरण गरिएको समुहकी सचिब कमला पन्थले बताइन् ।समुहले बिभिन्न समयमा रचनात्मक तथा सामाजिक कामहरु गरिरहेको अध्यक्ष जलु हमालले जानकारी दिइन् ।
कार्यक्रममा बुटवल १३ का जनप्रतिनिधि बेदप्रसाद गैरे र खुमानन्द पौडेलले बोल्दै आमा समुहले गरेको काम पवित्र रहेको बताए । कार्यक्रममा टोलबिकास संस्थाका जिबेन्द्र राना,संरक्षण केन्द्रका अध्यक्ष पदम नेपाली,अमर बुद्ध आमा समुहका संस्थापक अध्यक्ष सुविधा सैंजू, सल्लहकार कमला हमाल, लगायतले बोल्दै सामाजिक काममा सबैलाग्नुपर्ने बताएका थिए । कार्यक्रमको संयोजन सम्झना श्रेष्ठले गरेकी थिइन् ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)