Logo बिहिवार, आश्विन १ गते २०८३
images

पाल्पामा एमालेका पूर्वसांसद रायमाझीसहित ७८ जना एकीकृत समाजवादीमा प्रवेश

पाल्पामा एमालेका पूर्वसांसद रायमाझीसहित ७८ जना एकीकृत समाजवादीमा प्रवेश

  • 2.9K
    SHARES

  • पाल्पामा एमालेका पूर्वसांसद रायमाझीसहित ७८ जना एकीकृत समाजवादीमा प्रवेश

    बुटवल,पुस १७ । 
    नेकपा एमाले पाल्पाका पूर्व जिल्ला अध्यक्ष एवं पूर्व सांसद यादवबहादुर रायमाझी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । रायमाझीले शनिबार तानसेनमा पत्रकार सम्मेलन गरी एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई विधि विधान र कम्युनिष्ट आचरणविपरीत अधिनायकवादी सोचअनुसार सञ्चालन गरेकाले एकीकृत समाजवादी रोजेको बताए ।

    विगतदेखि नै पार्टीमा चरम विकृति र विसङ्गति बढेको र त्यसलाई सच्याउन प्रयास गरे पनि असफल भएको रायमाझीले उल्लेख गरे । रायमाझीले एकीकृत समाजवादीले दिने जिम्मेवारी इमान्दारीपूर्वक निभाउने बताएका छन् ।

    पाल्पामा एमालेको दुई कार्यकाल अध्यक्ष रहेका रायमाझी तत्कालीन नेकपामा विवाद हुँदा माधव नेपाल–प्रचण्ड पक्षमा थिए । तर एमाले विभाजनपछि भने उनी एमालेमै रहेका थिए । उनी एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य थिए । 

    एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सचिव राजु गुरुङले  उनीसँगै एमाले जिल्ला कमिटी सदस्यहरू धनबहादुर रायमाझी, देवीप्रसाद पौडेल, महेश बराल एकीकृत समाजवादीमा प्रवेश गरेका  बताए । बराल गत स्थानीय चुनावमा रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमा उम्मेदवार भएर झिनो मतले पराजित भएका थिए । पौडेल साबिकको छहरा गाविस अध्यक्ष हुन् ।

    ७८ जना नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको सुची सार्बजनिक गरिएको  छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology