Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देही व्यापार संघको अध्यक्षमा घिमिरे निर्विराेध,अधिवेशन १९ गते हुने

रुपन्देही व्यापार संघको अध्यक्षमा घिमिरे निर्विराेध,अधिवेशन १९ गते हुने

  • 4.0K
    SHARES

  • रुपन्देही व्यापार संघको अध्यक्षमा घिमिरे निर्विराेध,अधिवेशन १९ गते हुने

    बुटवल,पुस १६ ।  

    रुपन्देही व्यापार संघकोअध्यक्षमा कृष्णप्रसाद घिमिरे चयन भएका छन् । अध्यक्ष पदमा  उनको मात्रै उम्मेदवारी परेको हाे । संघका बर्तमान वरिष्ठउपाध्यक्ष घिमिरेको सो पदमा एकल उम्मेदवारी परेपछि उनी आगामी कार्यकालका लागि अध्यक्षमा निर्वाचित भए ।

    २० औं वार्षिक साधारणसभा तथा एघारौं अधिवेशन अन्तर्गत हुने कार्यसमिति निर्वाचनका लागि शुक्रवार उम्मेदवारी दर्ता कार्यक्रम सम्पन्न भएको छ । संघको एघारौं अधिवेशन  १९ गते संघको भवन प्राङ्गणमा हुँदैछ । 

    अधिकांश पदाधिकारी पदमा एकल उम्मेदवारी परेको छ भने कुल २९ सदस्यीय कार्यसमितिका लागि ४२ जनाको उम्मेदवार बनेका छन् । 

    यसैगरि वरिष्ठ उपाध्यक्षमा डिल्लीराज भण्डारी, प्रथम उपाध्यक्षमा प्रकाश ढकाल, द्वितिय उपाध्यक्षमा दिपक अधिकारी, महासचिवमा दयानिधि भण्डारी, कोषाध्यक्षमा नामदेव पाण्डे, सहसचिवमा ऋषिराम पाण्डेको मात्र उम्मेदवारी परेको छ । यसैगरि सचिवमा कृष्णप्रसाद अर्याल, प्रेमनाथ पाण्डे र फर्सुराम पन्त तथा सहकोषाध्यक्षमा मनिराम खनाल (मणि) र मिलन सुनारको  उम्मेदवारी परेको छ ।

    निर्वाचन समितिका अनुसार १६ जना सदस्यका लागि अर्जुनप्रसाद भट्टराई, खगुलाल गिरी, गिता भण्डारी खनाल, गेहेन्द्रराज न्यौपाने, जिवनारायण घिमिरे, जिवलाल पौडेल, झविन्द्र अधिकारी, तेजेन्द्र सापकोटा, नलराज नेपाल, न्यायमदिन मिया, ठाकुरप्रसाद आचार्य, तेजनारायण अर्याल, प्रकाशराज पौडेल, प्रकाश न्यौपाने, पिताम्बर ज्ञवाली, पिताम्बर अर्याल, मनहरि बस्याल, मनिमदिन मिया, माधवप्रसाद ज्ञवाली, मेघनाथ पौडेल, रितेश ज्ञवाली, लक्ष्मण ज्ञवाली, लोकनाथ पाण्डे, विनित भट्टराई, बालकृष्ण बस्याल, वृन्दा भट्टराई आचार्य र शोभा जोशी क्षेत्रीसहित २७ जनाको उम्मेदवारी परेको छ ।

    यता संघमा सम्बद्ध सदस्यमा हरिबहादुर गहतराज, शाखा सदस्यमा सेमलारबाट पूर्णप्रसाद काफ्ले र  सेमलार शाखाबाट सदस्यमा रेशमलाल उपाध्यायको उम्मेदवारी परेको छ ।

    संघको विधान अनुसार संघको अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितिय उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव, सहसचिव, सहकोषाध्यक्षसहित २९ सदस्यीय कार्यक्रम समिति चयन गरिने छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology