Logo बिहिवार, आश्विन १ गते २०८३
images

राष्ट्रिय जागरण परिषद नेपालका अध्यक्ष साध्यबहादुर भण्डारीसहित ८४७ जना नेकपा एसमा प्रवेश

राष्ट्रिय जागरण परिषद नेपालका अध्यक्ष साध्यबहादुर भण्डारीसहित ८४७ जना नेकपा एसमा प्रवेश

  • 3.5K
    SHARES

  • राष्ट्रिय जागरण परिषद नेपालका अध्यक्ष साध्यबहादुर भण्डारीसहित ८४७ जना नेकपा एसमा प्रवेश

    बुटवल,पुस १६ । 

    राष्ट्रिय जागरण परिषद नेपालका अध्यक्ष साध्यबहादुर भण्डारी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।आज काठमाडौंमा आयोजित एक कार्यक्रममा भण्डारी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भण्डारीसहितका नेता–कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गरे ।

    संयोजक भण्डारीसँगै उपाध्यक्ष भीमकुमारी गुरुङ, महासचिव हेमनाथ सेढाई, सचिव दुर्गानन्द चौधरी, गोकर्ण तामाङ, अर्जुन थापा, गोकुल थापा लगायतका नेता एकीकृत समाजवादीमा मिसिएका हुन् । परिषदबाट ८४७ जना एकीकृत समाजवादीमा समाहित भएको शुक्रबार आयोजित एकता घोषणा कार्यक्रममा जानकारी दिइएको छ ।

    एकीकृत समाजवादीमा भण्डारलाई स्थायी कमिटी, हेमनाथ सेढाई र दुर्गानन्द चौधरी र गोकुल थापालाई केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी दिएको छ । यस्तै गुरुङलाई महिला सचिवालय सदस्यको जिम्मेवार दिएको छ ।

    राष्ट्रिय जागरण परिषदबाट एकीकृत समाजवादी आएर जिम्मेवारी पाउने नेताहरु केन्द्रीय सदस्यमा ९ जना छन् भने ५१ जनाले विभिन्न जिम्मेवारी पाएका छन् । परिषदले ४३ जिल्लाका कार्यकर्ताको सूची समाजवादीलाई बुझाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology