बुटवल,पुस १६ ।
संस्कृति, पर्यटन तथानागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताएका छन् । शुक्रबार नेपाल पर्यटन बोर्डको २३ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री आलेले इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताएका हुन् ।
सिईओ धनञ्जय रेग्मीले गाडी बेचेर इमान किन्न खोजे :
उनले हाल छानबिनका क्रममा रहेका बोर्डका सिईओ धनञ्जय रेग्मीले टोयोटाका गाडी बेचेर आफ्नो इमान किन्न खोजेको भन्दै आक्रोश व्यक्त गरे ।
मन्त्री आलेले सिईओ रेग्मीकै कारण बेलायतमा भएको विश्व पर्यटन मेलामा नेपालको बेइज्जत भएको भन्दै रक्सीको मातमा उन्मत्त भएका मानिसलाई संस्थाको सिईओ बनाउँदा संस्था चल्न नसक्ने बताए ।
उनले सिईओ रेग्मीलाई साँढेको संज्ञा दिँदै आफ्नो इमान किन्ने कुरा सपनामा पनि नसोच्न चेतावनी दिए ।
मन्त्री आलेले भने, ‘अब यहाँ साँढेहरुलाई ल्याएर राजनीतिक नियुक्ति दिइन्छ । अब त्यो साँढे कस्तो हुन्छ भन्दा हुँहुँहुँ गरेर आउँछ । भखैर पदबहाली गरेको हुँहुँहुँ गरेर आउँछ । त्यहाँ बुढापाका, बालबालिकाहरु आउनुभएको छ ।त्यति बेला बधाई दिनआउनुभएको छ । अनिमन्त्रीसँग मेरो क्लाइमेक्स मिल्दैन । क्लाइमेक्स मिल्न त मैले जाँड खने हुनुपर्छ । यहाँबाट म लण्डनको प्रोग्राममागएँ । म जाँदै जाँदिन भन्दा जाउँहजुर भने ।त्यहाँ त आफ्नो देशको बारेमा कुरा राख्नुपर्छ भने । जबरजस्ती गरेर लगे । त्यहाँ गएपछि मैले मेरो देशको लागि कोभिडबाट थला परेको देश, हस्पिटालिटीमा लागेका साथीहरुसहित विभिन्न साथीहरु, हाम्रो देश सेभ जोनमा छ । भनेर सबैलाई आह्वान गर्ने इच्छा थियो । त्यो फोरममाबोल्ने इच्छा थियो । तर त्यो साँढेले केहीपनि छैन, बोल्ने कार्यक्रम मन्त्री ज्यू । त्यहाँ जान्छु १७ देश जतिकामन्त्रीहरु राउण्ड टेबलमा बसेर आफ्नो देशको विषयमा टुरिजमको विषयमा कुरा राख्छन् । म आउट अफ रिङ छु । एउटा देशको मन्त्री । यहाँबाट लण्डन गएँ, दूतावासमा राखिदियो । लण्डनमा जाँदा टिकट कति लाग्छ अब म हेर्दै बसौँ त रुत्यो त व्यवस्थापनले गर्ने कुरा हो । अन्तिममा त्यो फोरममामैले बोल्न पाइनँ । मलाई एकदमै इरिटेड भयो । अब यस्तो साँढेलाई सिईओ हामीले बनायौँ भने संस्था चल्छ रु सदस्यहरुले यस्तो गर्नुहुँदैन संस्था डुब्छ भन्दा ल तपाई आज धेरै रिसाउनुभयो, जाउँ हिँड्नुस् रक्सी खानभन्ने, त्यस्तो साँढेलाई ल्याएर सिईओ बनाएपछि संस्था चल्छ रु म त दुःखका साथ भन्छु, लण्डनमा हुँदाकार्यक्रममा डेढ घण्टा म उभिएँ, सबैले स्याम्पेन खाइरहेका छन् । म नखाने मान्छे साइडमा उभिरहेँ । हाम्रो त्यो साँढेले पनि भटाभट लगाइरहेको छ । आफ्नै आँखाले देखिरहेको छु, मलाई खा भन्छ । उसले पहिलाको मन्त्री जस्तो ठान्यो होला प्रेम आलेलाई । ४ वटा गाडी बेचेर प्रेम आलेलाई त्यो इमान म खरिद्छु भनेर त्यसले सोच्यो होलात्यो सपनामा पनि नसोचे हुन्छ । इमानबेचेर म यो चियरमा बस्नेवाला छैन ।’
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)