Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपाली कांग्रेस लुम्बिनी प्रदेशले भन्याे-‘पार्टीलाइ थप एकताबद्ध बनाएर लैजान्छाैँ’

नेपाली कांग्रेस लुम्बिनी प्रदेशले भन्याे-‘पार्टीलाइ थप एकताबद्ध बनाएर लैजान्छाैँ’

  • 3.7K
    SHARES

  • नेपाली कांग्रेस लुम्बिनी प्रदेशले भन्याे-‘पार्टीलाइ थप एकताबद्ध बनाएर लैजान्छाैँ’

    बुटवल,पुस १६ । 

    नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले पार्टीलाइ एक ढिक्का बनाएर अगाडी बढाउने निर्णय गरेको छ ।  प्रदेश कार्यसमितिले बिभिन्न निर्णयहरु सार्बजनिक गरेको हाे ।  प्रमाणपत्र ग्रहणपछि बसेको पहिलो कार्यसमिति बैठकको निर्णय सार्वजनिक गर्न आज बुटवलमा पत्रकार सम्मेलन गरिएको थियो ।

    कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले नेपालको धरोहरको रुपमा रहेको धार्मिक एवं पर्यटकीय स्थल लुम्बिनीको विकासका लागि सरकारले बढाएका रणनीति, कामकारबाही र प्रगतिको अनुगमन गरी थप विकासका लागि आगामी योजना बनाएर पार्टीको आगामी मार्ग तय गरिने बताए ।

    कांग्रेसलाइ वडादेखि केन्द्रसम्म नै प्रविधिमैत्री बनाउने प्रतिबद्धता जनाए । पार्टीलाइ एकताबद्ध बनाएर लैजाने पुनले बताए ।

    उनले कांग्रेस लुम्बिनीको ४ वर्षे अभियान अगाडि बढाउँदै स्पष्ट नीति, कार्यक्रम र योजनाहरु सही संगठन निर्माण र जनहितमा कार्य गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्दै प्रदेशको प्रथम अधिवेशन सम्पन्न गर्न योगदान पुर्याउने कांंग्रेसका सम्पूर्ण प्रतिनिधि, नेता, निर्वाचन समिति, व्यवस्थापन समिति, रुपन्दही जिल्ला कार्यसमिति लगायतलाई आभार तथा धन्यवाद व्यक्त गरे ।

    पुनले थपे, ‘निर्वाचित भएको आधिकारिक प्रमाणपत्र र पद तथा गोपनियताको सपथ भैरहवामा बिहीबार ग्रहण गर्यौं, अब हामी वैधानिक भएका छौं । हामीले लुम्बिनी प्रदेशमा नेपली कांंग्रेसलाई सशक्त, सुदृढ, स्वस्थ र पुनर्जागरित गर्नका लागि संगठन, सबलीकरण र रुपान्तरणको कार्यक्रमलाई जोड दिने प्रदेशको पहिलो बैठकबाट निर्णय गरेका छौं ।’ 
    पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई मजबुद र सुन्दर पक्ष मान्दै उक्त प्रक्रियालाई आत्ससात् गरी चुनावी प्रतिस्पर्धामा उत्रिएका भरतकुमार शाहलाई प्रदेश कार्यसमितिको दोस्रो वरीयतामा राख्ने लगायतका निर्णयहरु गरिएको लुम्बिनी प्रदेश कार्यसमितिकी सहमहामन्त्री निमा गिरीले जानकारी गराइन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology