Logo मंगलवार, श्रावण १२ गते २०८३
images

ग्लोबल आइएमई बैंकको १५औँ वार्षिकोत्सवका अवसरमा बुटवलमा रक्तदान

ग्लोबल आइएमई बैंकको १५औँ वार्षिकोत्सवका अवसरमा बुटवलमा रक्तदान

  • 2.9K
    SHARES

  • ग्लोबल आइएमई बैंकको १५औँ वार्षिकोत्सवका अवसरमा बुटवलमा रक्तदान

    बुटवल,पुस १६ ।

    ग्लोबल आइएमई बैंक लिमिटेडले १५औँ वार्षिकोत्सवका अवसरमा बुटवलमा रक्तदान कार्यक्रम गरेको छ । बुटवलको राजमार्ग चाैराहामा रहेको शाखामा कार्यक्रम भएको हाे । 

    वार्षिकोत्सवका उपलक्ष्यमा ग्राहकहरुको सुविधालाई ध्यानमा राखी कार्ड तथा डिजिटल बैंकिङ्गमार्फत गरिने कारोबारहरुमा छुट तथा क्यासब्याक प्रदान गर्ने योजनाहरु समेत सार्वजनिक गरेको बैंकका लुम्बिनी प्रदेश प्रमुख रवि श्रेष्ठले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    ravi shrestha.jpg

    कार्यक्रममा एक सय पिन्ट रगत संकलन भएको बैंकका राजेश खनालले जानकारी दिए। बैंकले ग्राहकहरुलाई पौष १५ गतेबाट माघ १५ सम्मका लागि मोबाइल बैंकिङ्ग, डेबिट तथा क्रेडिट कार्ड निशुल्क उपलब्ध गराउने जनाएको छ ।

    ग्राहकहरुलाई थप छुट प्रदान गर्ने उदेश्यका साथ पहिलो पटकको क्यूआर  कारोबार, पस  मेसिनमार्फत गरिने कारोबार तथा इकम  कारोबारमा १५ प्रतिशत अथवा रु ३०० सम्म क्यासब्याक प्रदान गर्ने बैंकले जनाएको छ । पौष १७ गते देखि लागु हुने क्यासब्याक योजना सिमित अवधिका लागि रहनेछ ।

    बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८७ शाखा, २५२ एटीएम, २६३ शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २७ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

    याे पनि :-

    ग्लोबल आइएमइ बैंकद्वारा वित्तीय साक्षरता

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology