Logo बिहिवार, आश्विन १ गते २०८३
images

पुस १७ गतेदेखि बुटवलमा ‘उजिरसिंह रनिङ्ग’ क्रिकेट प्रतियोगिता हुँदै,१० टीम सहभागि

पुस १७ गतेदेखि बुटवलमा ‘उजिरसिंह रनिङ्ग’ क्रिकेट प्रतियोगिता हुँदै,१० टीम सहभागि

  • 2.5K
    SHARES

  • पुस १७ गतेदेखि बुटवलमा ‘उजिरसिंह रनिङ्ग’ क्रिकेट प्रतियोगिता हुँदै,१० टीम सहभागि

    बुटवल,पुस १४ । 

    बुटवलमा उजिरसिंह रनिङ क्रिकेट प्रतियोगिता-२०७८ हुने भएको छ । बुटवल उपमहानगरपालिका तथा नगर खेलकुद बिकास समितिको आयोजना तथा बुटवल क्रिकेट विकास समितिको ब्यवस्थापनमा पुस १७ गतेदेखि प्रतियोगिता हुने भएको हो। 

    बुटवल क्रिकेट विकास समितिले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुस १७ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने जानकारी गराएको हो।  समितीका अध्यक्ष नेत्र पौडेलले प्रतियोगितामा १० टिम सहभागी रहेको जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई नगद २० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले जानकारी दिए।

    प्रतियोगितामा द्वितीयलाई १० हजार त तृतीयलाई ५ हजार रुपैया प्रदान गरिने उनले जानकारी दिए। प्रतियोगितामा म्यान अफ द सिरिज लाई ५ हजार,बेस्ट बलर, बेस्ट ब्याटसम्यान तथा उदयमान खेलाडिलाई समान २५ सय तथा हरेक दिन म्यान अफ द म्याच हुनेलाई ५ सय बाट पुरस्कृत गरिने समितिका उपाध्यक्ष निरज प्रताप खाँणले बताए।

    प्रतियोगितामा वेस्ट्रन क्रिकेट एकेडेमी , बुटवल ११ क्रिकेट क्लब, गोलपार्क क्रिकेट क्लब, बाउन्न कला क्रिकेट क्लव, बुटवल राईनोज क्रिकेट क्लब,बुटवल युथ स्पोर्ट्स एकेडेमी, वेस्टन क्रिकेट क्लब, जिआर क्रिकेट एकेडेमी, न्यु होराइजन क्रिकेट क्लव र महाबीर क्रिकेट क्लब सहभागी रहेका छन।

    पत्रकार सम्मेलनमै खेलको टाईसिट समेत सार्वजनिक गरिएको थियो। ५० ओभरको खेलको फाईनल पुस २६ गते हुनेछ। हरेक दिन ९ बजे खेल हुनेछ । प्रतियोगिता बुटवल वडा न १६मा रहेको  बुटवल क्रिकेट विकास समितिको मैदानमा हुनेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology