बुटवल,पुस १४ ।
तराईका जिल्लामा अत्याधिक चिसो भएपछि स्थानीय सरकारले विद्यालयमा बिदा दिन शुरु गरेका छन् । बुटवलका सबै बिद्यालयमा पुस १५ र १६ गते जाडो बिदा दिने बटवल उपमहानगरपालिकाले निर्णय गरेको छ ।
अत्याधिक चिसोका कारण बुटवलका विद्यालयमा २ दिन बिदा दिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ।
यो बिदालाइ बर्षे वा हिउंदे बिदाबाट मिलान गर्नेगरि बिदा दिइएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत बीरेन्द्रदेव भारतीद्वारा जारी सुचनामा उल्लेख गरिएको छ ।
बुटवलमा सामुदायिक ३८ र संस्थागत-निजी ५८ विद्यालय छन् । यहाँ नर्सरीदेखि कक्षा १२ सम्म ३६ हजारभन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेका छन् । रूपन्देही क्षेत्रमा न्युनतम तापक्रम १५ डिग्री सेल्सियसमा झरेको छ ।
बुटवल उपमहानगरपालिद्वारा जारी सुचना हेराैँ:-

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)