गुल्मी,पुस १४ ।
गुल्मीको ऐतिहासिक तथा धार्मिक स्थल रेसुङ्गामा बाक्लाे हिमपात परेको छ । बिहान ३ बजेदेखि हिमपात भइरहेको यज्ञशालाका पण्डित कृष्ण प्रसाद पन्थीले जानकारी दिए।
रेसुङ्गाको महापोखरी देखि भ्युटावरसम्मका क्षेत्रमा करिब १ फुट जति हिउँले ढाकेको छ । हिमपातले त्यहाँ रहेका सम्पूर्ण बोट विरुवा ढाकेको छ ।
हिमपातभएसंगै हिउँसंग रमाउने पर्यटकहरुमा लागि भने नयाँ दृश्य सिर्जना भएको पन्थीको भनाई छ । उहाँले हिउले भरिएको रेसुंगाको अवलोकनका लागि पनि आग्रह गर्नुभयो । अहिले सदरमुकाम तम्घास लगायतका क्षेत्रमा मौसममा परिवर्तन देखिएको छ ।

सदरमुकाम देखि माथि रेसुङ्गा क्षेत्रमा कुहिरो लागिरहेको छ । हिमपात भएसंगै चिसो भने ह्वात्तै बढेको छ । हिमपातका कारण सदरमुकाम तम्घास आसपासका क्षेत्रहरुमा चिसो बढेको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)