Logo बिहिवार, आश्विन १ गते २०८३
images

रौतहटमा जन्ती बोकेको जीप दुर्घटना,पाँच जनाको मृत्यु

रौतहटमा जन्ती बोकेको जीप दुर्घटना,पाँच जनाको मृत्यु

  • 2.2K
    SHARES

  • रौतहटमा जन्ती बोकेको जीप दुर्घटना,पाँच जनाको मृत्यु

    रौतहट,पुस १३ ।

    रौतहटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५पीए ६९५३ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनील मल्लले जानकारी दिए । 

    ‘मंगलबार ४ः१० बजे जन्ती बोकेको जीप अनियन्त्रित भएर दुर्घटना भयो,’ प्रवक्ता मल्लले भने, ‘पाँच जनाको मृत्यु भएको छ ।’ उक्त जीपमा सात जना सवार रहेका थिए ।

    बाँकी दुई जना घाइते रहेका उनले बताए । ‘दुई जना घाइतेमध्ये एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइतेलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ,’ प्रवक्ता मल्लले बताए । 

    उनका अनुसार गरुडा नगरपालिकाको जयनगरमा अनियन्त्रित हुँदा जीप दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । मृतक र घाइतेको परिचय खुलिनसकेको उनले बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology