बुटवल,पुस १३ ।
पाल्पाको तानसेन–तम्घास सडक दैनिक छ घण्टा बन्द हुँदै आएको छ। सोमबारदेखि तानसेन नगरपालिकार रिब्दीकोट गाउँपालिकाको जोर्ते क्षेत्रको भिरमा सडक चौडा गर्न पुस २२ गतेसम्म बन्द हुने सडक कार्यालय पाल्पाले जनाएको छ।
हरेक दिन बिहान ९:३० देखि दिउँसो ३स्३० बजेसम्म सवारीसाधनलाई आवतजावतमा रोक लगाइएको हो। पुस १२ गतेदेखि २२ गतेसम्मका लागि दैनिक छ घण्टाका दरले १० दिनसम्म सडक बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले बताए।
पहाड कटान गरी माटो र ढुङ्गा सडकमा राख्नुपर्ने भएकाले सडक बन्द गरी काम गर्न थालिएको प्रमुख लम्सालले बताए। पाल्पाको हार्थोक–रिडी क्षेत्रको जोर्तेमा साँघुरो सडकका कारण दुर्घटना र सडक अवरुद्ध हुँदै आएको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)