दाङ,असाेज २२-
दाङकाे तुलसीपुर उपमहागनरपालिकाका मेयर घनश्याम पाण्डे र उनका सचिवालयका कर्मचारीसहित विहीवार २१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परीक्षणका क्रममा मेयरसहित तुलसीपुरका २१ जनालाई कोरोना संक्रमन पुष्टि भएको हो ।
मेयर पाण्डेको असोज १९ गते स्वाब संकलन भएदेखि नै आशंका लागेर उनी होम आइसोलेनसमा बस्दै आएका छन् । उनले आफुलाई सामान्ने ज्वरो र खोकी लागेको भएपनि अवस्था सामान्ने रहेको सामाजिक सञ्जाल मार्फत जानकारी पनि दिएका छन् ।
मेयर पाण्डे लगाएत उनको सचिवालयका एक पुरुष कर्मचारीलाई समेत संक्रमन पुष्टि भएपछि कार्यबहाक मेयर माया आचार्यको अध्यक्षतमा बिहीवार बसेको आकस्मिक बैठकले असोज २९ गतेसम्मको लागि उपमहानगरपालिका वन्द गर्ने निर्णय गरेको छ ।
बैठकले उपमहानगरपालिकासहित तुलसीपुरका सबै १९ वटै वडाहरु २९ गतेसम्मका लागि वन्द गर्ने निर्णय गरेको छ ।तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीले हालसम्म तुलसीपुरमा कुल संक्रमितको संख्या २ सय ८८ पुगेको जानकारी दिए ।
त्यसमध्ये विहीवार सम्म सक्रिय संक्रमितको संख्या ८० जना पुगेको केसीले बताए । तुलसीपुरमा हालसम्म एकजनाको कोरोनाका कारण मृत्यु भएको छ ।त्यस्तै जिल्लाभर हालसम्म कुल संक्रमितको संख्या १ हजार ३ सय २४ पुगेको छ ।
जसमध्ये सक्रिय संक्रमितको संख्या भने २ सय ६४ पुगेको छ । हालसम्म दाङमा ५ जनाको कोरोनाबाट मृत्यु भएको जिल्ला फोकल पर्सन कमल चन्दले जानकारी दिएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)